Todays Nepal
No1 Nepal's Complete News Sites

भक्तपुरमा घर डुब्दा ३ जनाको मृत्यु, ६ लेनका सडकभरी पानि भरिएपछि पौडेर सडक वारपार गर्दै राजधानी वासी

8,685

अविरल वर्षापछि आएको बाढी र डुबानका कारण भक्तपुरका अधिकांश बस्ती प्रभावित भएका छन् । बुधबार रातिदेखि परेको मुसलधारे पानीका कारण भक्तपुर र मध्यपुरथिमि नगरपालिका क्षेत्रका विभिन्न भाग डुबानमा परेका हुन् ।

सोहीक्रममा चाँगुनारायण नगरपालिका ४ खरीपाटीमा एक भत्कँदा ३ जनाको मृत्यु भएको छ । घर भत्कीएपछि उद्धारकर्ताले ३ जनाको शव फेला पारेको प्रह्ररी परिसर भक्तपुरले जनाएको छ ।

हनुमन्ते खोलामा आएको बाढीसहित पानीको निकास नहुँदा अहिले मध्यपुर थिमिका कमेरोटार, राधेराधे, निकोसेरा, दुवाकोट मोड, सिर्जननगर र सल्लाघारी, नयाँ ठिमी, नयाँबस्ती क्षेत्रका सयौँ घर डुबानमा परेको छ ।

त्यसैगरी भक्तपुरका जगाते, हनुमानघाट, बाराही क्षेत्र आसपासका घर पनि डुबानमा परेका छन् । जस कारण मानिसको जनजीवन कष्टकर बनेको छ । साथै शिक्षण संस्था, व्यापार व्यवसाय पनि प्रभावित भएका छन् ।

यता मध्यपुरथिमिका राधेराधे र कमेरोटार जग्गा एकीकरण आयोजनाभित्र रहेका बस्ती पूरै डुबानमा परेका छन् । मध्यरातिदेखि सयौँ घर डुबानमा परेपछि यहाँका बासिन्दा घरबाट बाहिर निस्कन पाएका छैनन् ।

राधेराधे र त्यस क्षेत्रका बस्तीका साथै भाटभोटेनी सुपर मार्केटदेखि स्यामसुङ कम्पनीसम्म पूरै डुबानमा छन् । राधेराधे अगाडिदेखि सानोठिमी जाने निकोसेरासम्म नै डुबानमा परेपछि घरबाट निस्कने अवस्था छैन ।

जमीनबाट चारफिट माथिसम्म पानी जमेपछि घरभित्र पानी पसेको छ । प्रत्येक घरको भुइँतलामा पानी पसेपछि भूइँतलामा बस्नेको बिजोग भएको छ । यहाँका पसल र व्यवसाय सबै बन्द भएका छन् । यहाँको डुबानले कति क्षति भयो भन्ने यकिन नभएको प्रहरीको भनाइ छ ।

मध्यपुरथिमिमा अरनिको राजमार्ग खण्डका दुवै क्षेत्र डुबानमा परेका छन् । चारदोबाटोबाट बालकोट जाने बस्ती र गठ्ठाघरको तल्लो भेग डुबानमा परेको छ । मध्यपुर अस्पताल क्षेत्र र आसपासका घर पनि डुबानमा परेका छन् ।

यता मनोहरा खोलामा आएको बाढी बस्तीमा पसेपछि जडीबुटीस्थित सुकुम्बासी बस्ती पूरै डुबानमा परेको छ । जसका कारण यहाँका बासिन्दा घर बाहिर निस्कन पनि नसक्ने र घरभित्रै बस्न पनि नसक्ने अवस्थामा सृजना भएको छ । रासस

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: