Todays Nepal
No1 Nepal's Complete News Sites

डा.गोविन्द केसी तीन करोड नेपालीको वास्तविक नेता हुन् : शशिविक्रम कार्की

9,691

काठमाडौंमा १० वर्षसम्म नयाँ मेडिकल कलेज खोल्न नहुने प्राबधानसहितको चिकित्सा शिक्षा ऐन जारी गर्नुपर्ने प्रमुख मागसहित डा.गोविन्द केसी एघार दिनदेखि जुम्लामा अनशनरत छन्।

डा. गोविन्द केसी पन्ध्रौं चरणको अनसन बसेको ११ दिन पुग्दा पनि सरकारले माग सम्बोधन गर्न गम्भीरता र तत्परता देखाएको छैन। प्रधानमन्त्री केपी ओली स्वयं केसी अनसन र उनले उठाएका मागलाई लिएर हलुका ढंगको टिप्पणी गरिरहेका छन्।

डा.केसीको माग तत्काल सम्बोधन गर्नको लागी प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसदमा आवाज उठाएको छ भने विवेकशील साझा पार्टीले सरकारलाई दबाब दिन विभिन्न दबाबमुलक कार्यक्रमको आयोजना गरिरहेको छ।

विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य एवं केन्द्रीय अभियान विभागका नेता शशिविक्रम कार्कीले माउण्टेन टेलिभिजनको कार्यक्रम आजको सन्दर्भमा कुराकानी गर्दै भने-‘डा.केसीको मुद्धा कुनै एक अस्पतालसँग मात्र सम्बन्धित नभएर स्वास्थ्य शिक्षालाई दुरदराजसम्म पुर्याउने कुरासँग जोडिएको छ।यो मनमोहन अस्पताल वा एक दुई मेडिकल कलेजसँग जोडिएको कुरै होइन।डा.केसीको कुनै व्यक्तिगत स्वार्थ नै छैन।उनका आफ्ना सन्तान समेत छैनन्,उनको कसैसँग दुश्मनी छैन,न उनको विलासी जीवनशैली छ।डा.केसीले चाहान्थे भने उनी विलासी जिवन बिताउन सक्थे तर उनलाई यो सब कुरासँग मतलब छैन।उनको जिवनशैली अत्यन्तै सरल छ।केसीलाई यो देशले चिन्न सकेको छैन।’

तीन करोड नेपालीको वास्तविक नेता त डा.केसी हुन्।कति सरल सोचाई,कति सरल जिवन,उनी आफ्नो बोली-बचन र सिद्धान्तमा अडिग छन्।डा.केसीको मुद्धा गरिब जनताको लागी हो।केसीको भनाई मेडिकल व्यापारको क्षेत्र होइन र यसको प्रत्यक्ष सरोकार जनताले पाउने गुणस्तरीय स्वास्थ्यसँग सम्बन्धित भएको कार्कीले बताए।

हेर्नुहोस् पूरा भिडियो

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: