Todays Nepal
No1 Nepal's Complete News Sites

आमा भन्छिन छोराले गोल हान्दा अँगालो हाल्न मन लाग्छ तर छोरालाई आमा अर्कै हो भनेर चिनाईएको छ

9,930

जारी रुस विश्वकपमा सशक्त प्रदर्शन गरेको इङ्ल्यान्ड २८ वर्षपछि सेमिफाइनलमा पुगेको छ। सन् १९६६ को उपाधि विजेता टोली इङ्ल्यान्डले बुधबार दोस्रो सेमिफाइनल खेलमा क्रोएसियासँग प्रतिस्पर्धा गर्दै छ। त्यही खेलअघि एउटा समाचारले धेरैलाई भावुक बनाएको छ।

विश्वकप फुटबलमा इङ्ल्यान्डलाई झन्डै तीन दशकपछिको ठूलो सफलता दिलाउने क्रममा मिडफिल्डर डेली अलीले महत्वपूर्ण योगदान पुर्‍याए। उनले टोलीका लागि मिडफिल्डबाट गोलको अवसर मात्रै सिर्जना गरेका छैनन्, स्विडेनविरुद्ध क्वार्टरफाइनल चरणको महत्वपूर्ण खेलमा गोलसमेत गरेका थिए।

म यतिखेर रुसमा हुन चाहन्थेँ। छोरालाई अंकमाल गरेर उनलाई बधाई दिन चाहन्थेँ’

अलीको त्यही प्रदर्शनबाट उनकी आमा डेनिस पनि निकै खुसी छन्। तर, उनलाई आफ्नो छोरासँग भेट्न नपाएको पीडा छ। अली नाइजेरियन पिता र बेलायती आमाका सन्तान हुन्। यद्यपि उनले आफ्ना अभिभावकसँग धेरै समय सँगै बस्ने अवसर पाएनन्। झन्डै दुई वर्ष आफ्ना पितासँग नाइजेरियामा बिताएका अली त्यसपछि फेरि फर्किएर आफ्नी आमासँग बसेका थिए।

यद्यपि आमाको कमजोर आर्थिक अवस्थाका कारण उनलाई १३ वर्षकै उमेरमा एलन र सल्ली हिक्फोर्डको परिवारले अपनाएको थियो। त्यसयता अलीले आफूलाई जन्म दिने वास्तविक आमाबाबालाई भेटेका छैनन्। उनकी वास्तविक आमा डेनिसले पछिल्लो समय आफूले छोरा अलीलाई भेट्ने प्रयास गर्दा सम्भव नभएको बताएकी छन्। डेनिसले आफूले दुई-तीन पटक अलीलाई ईमेल पठाउँदासमेत त्यसको जवाफ नआउँदा दुःख महसुस भएको बताएकी छन्।

उनलाई अझै भ्रम छ कि उनलाई हुर्काउने अभिभावक नै उसका असली अभिभावक हुन्। उनलाई जन्म दिने आमा त म हुँ।

केही समयअघि अलीले आफूलाई हुर्काएका आमाबुवा र प्रेमिकासँगको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेका थिए। त्यो तस्बिर देखेपछि आफूलाई अझ बढी पीडा भएको पनि उनले बताएकी छन्। ‘म यतिखेर रुसमा हुन चाहन्थेँ। छोरालाई अंकमाल गरेर उनलाई बधाई दिन चाहन्थेँ’, अलीकी आमा डेनिसले भनेकी छन्, ‘तर, त्यसका लागि म असमर्थ छु। उनलाई अझै भ्रम छ कि उनलाई हुर्काउने अभिभावक नै उसका असली अभिभावक हुन्। उनलाई जन्म दिने आमा त म हुँ। यद्यपि मैले उनीसँग यही कुरा बताउने प्रयास गर्दासमेत सम्भव भएको छैन। मेरो ईमेलको जवाफसमेत नआउँदा निकै दुःखी छु।’

२२ वर्षीय आक्रामक मिडफिल्डर अली घरेलु टोली टोट्टनहाम हर्टस्परबाट व्यावसायिक फुटबल खेल्छन्। सन् २०१५ देखि इङ्ल्यान्डको राष्ट्रिय टोलीबाट खेल्न थालेका अली त्यसयता नियमित सदस्य रहँदै आइरहेका छन्। अन्नपूर्ण पोस्टबाट

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: