Todays Nepal
No1 Nepal's Complete News Sites

महिना दिनदेखि बेपत्ता वरीष्ट अधिकृतको मोबाईलमा ६८ मिसकल, शंकामा यी महिला

8,980

पोखरा लेखनाथ महानगरपालिका कार्यालयका बरिष्ठ अधिकृत ओमराज पौडेल विगत केहि हप्ता देखि सम्पर्क विहिन भएका छन । उनको खोजी कार्यमा सबै जुट्न पोखरा लेखनाथ महानगरपालिका कार्यालयले पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी आव्हान गरेको हो ।

पौडेलको घर परिवार, महानगरपालिका, जिल्ला प्रहरी कार्यालय कास्की सहित सिंगो कास्कीको सुरक्षानिकाय खटिदा पनि उनको बारेमा हालसम्म कुनै जानकारी प्राप्त नभएको पोखरा लेखनाथ महानगरपालिकाका मेयर मान बहादुर जिसीले जनाए ।

प्रमुख जिसीले पौडेललाई काममा प्रेसर दिएका कारण घट्ना घटेको भन्ने आरोप तथ्यहिन भएको दाबी गरे । यसअघी नेपाली कांग्रेस र स्थानिय तह कर्मचारी युनियन नेपालले विज्ञप्ती निकाल्दै महानगरपालिकामा काममा परेको दवाब र टर्चर दिदा घट्ना घटेको आरोप लगाएको थियो । मेयर जिसीले अधिकृत पौडेल वेपक्ता भएको बिषयमा आफुहरु गम्भिर भएको बताउदै उनी बेपक्ता हुनुमा महानगरपालिका र आफुहरु कुनै कारणले पनि दोषि नरहेको प्रष्ट्याएका हुन ।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: