Todays Nepal
No1 Nepal's Complete News Sites

रोष्टमबाट सांसदले हँसाउने महिला सांसद लजाएर टाउको लुकाउने, रमाइलो दृश्य

8,694

संसद बैठकमा अनेक दृश्य र भाषणका अनेक तौरतरिका देख्न पाइन्छ । राष्ट्रिय सभा बैठकको यो दृश्य पनि निकै रोचक छ । पछिल्ला दिन डा. गोविन्द केसीको अनसनको विषयले संघीय संसदका दुबै सदन तातेका छन् ।

केसीको अनसनको पक्षमा प्रतिपक्षी नेपाली कांग्रेससहितका सरकार इतरका दलको आक्रोश संसदमा चुलिएको छ भने केसी अनसनको विपक्षमा सत्ताधारी दलका कतिपय सांसदले चर्को प्रतिवाद गरेका छन् ।

तात्कालिन माओवादीका कानुनी हस्ती मानिने राष्ट्रिय सभा सदस्य रामनारायण वडारीले रोष्टममा भाषण गर्दा उनको हाउभाउ देखेर अगाडि बसेका सांसदले हाँसो रोक्न सकेनन् ।

उग्र भाषण गरेका विडारीको शारीरिक हाउभाव साँच्चिकै हाँसो थाम्न नसकिने खालकै थियो । त्यसैले महिला सांसदले हाँसो रोक्न नसकेर स्कुलका छात्राले जस्तो डेस्कमा लजाउँदै टाउको लुकाएको दृश्य रोचक थियो ।

हेर्नुस् भिडियोः

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: