Todays Nepal
No1 Nepal's Complete News Sites

यस्तो देखियो बाल गायक अशोक दर्जीको बन्दै गरेको घर (भिडियो)

8,748

बाल गायक अशोक दर्जीको घर निर्माणको काम जारी रहेको छ। अहिले घरको प्लास्टर गर्ने काम जारी रहेको छ। वर्षाले केही हदसम्म काम प्रभावित परेतापनि काम भने रोकिएको छैन। घर बनाउने काम भने निरन्तर भइरहेको छ ।

सामाजिक सञ्जालमा उनले गीत गाएको भिडियो भाइरल भएपछि अशोक दर्जी संसारभरिका नेपालीमाझ परिचित भए। त्यसपछि उनको पहिलो आधिकारिक गीत “मन बिनाको धन ठुलो की धन बिनाको मन” गीत गाएपछि उनको लोकप्रियता अझै बढेको थियो।

अशोक दर्जीले दर्शकको माया त पाए नै, साथमा सहयोग रकम पनि लिएर आए । गायक तथा सङ्गीतकार टंक बुढाथोकी र अशोक दर्जीलाई काठमाडौँसम्म ल्याउने सबै व्यक्तित्व मिलेर सहयोग अभियान चलाइरहेका छन् । उक्त सहयोग अभियानमा देशभित्र रहेका नेपालीहरूले पनि आफूले सक्दो सहयोग गरिरहेका छन्। आजको भिडियोमा हेर्नुहोस् दर्जीको बन्दै गरेको घर ।

भिडियो:

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: