Todays Nepal
No1 Nepal's Complete News Sites

घर जग्गाको मूल्य दुई गुनाले घट्यो! आनाको कति ?

9,038

नेपाल राष्ट्र बैंकले अनुत्पादक क्षेत्रमा कर्जा प्रवाह रोकमा कडाई गर्न थालेको छ । अहिले विशेषगरी अनुत्पादक क्षेत्रमै बैकका कर्जा प्रवाह तुलनात्मक रुपमा बढी भईरहेको छ । यसलाई रोक्न राष्ट्र बैंकले कडाई गरेको हो । राष्ट्र बैंकको कडाईको प्रत्यक्ष मारमा भने सेयर, घरजग्गा र अटो लोनमा परेको छ ।

बजारमा तरलता अभावभएको भन्दै राष्ट्र बैंकले अनुत्पादक क्षेत्रमा कर्जा प्रवाह नगर्न निर्देशन दिएको राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले जानकारी दिए ।

उनका अनुसार सेयर, घरजग्गा र अटो लोनमा कटौती गर्न बैकरलाई निर्देशन दिएका थिए । त्यस लगत्तै नेपाल बैंकर्स संघले अनुत्पादक क्षेत्रका रुपमा चित्रित गरिएको घर जग्गा कर्जा, मार्जिन लेण्डिङ र अटो लोनमा व्यापक कटौती गर्ने निर्णय गरेको थियो ।

अहिले भने घरजग्गाको कारोबार ठप्प प्राय छ । घरजग्गाको महिनैपिच्छे कारोबार घट्दै अब जग्गाको भाउँ कौडिको मुल्य हुन सक्ने ब्यबासायीहरु बताउँछन् । बैंकले यस्ता क्षेत्रमा लगानी नगर्ने भनेपछि राता रात कमाउला भन्नेहरु चुर्लुम्मै डुब्ने अवस्थामा आएका छन् ।

आनाको १० लाख भनेको जग्गा ७ दिन मात्र भयो ६ लाख आनामा लिनुभन्दा पनि मान्छेले लिन छोडिसके

एक महिनादेखि जग्गा खोज्दै हिडेका ललितपुरका अनुप शर्मा अहिले निकै खुशी देखिएका छन् । एक महिना देखी जग्गाको खोजिमा भौतारी रहेका रहेछन् । उनी दिनहु जसो दलालिको संपर्कमा पुग्दा रहेछन ।

उनी अब जग्गा किन्ने पक्कामा पुगेका छन् । भन्छन्, २० फुटे बाटोमा ७ दिन अघी ९ लाख आना भन्दै थिए, आज ७ दिन पछि ६ लाख आनामा लिउ मन्दी आयो भन्दै छन्, अब १० दिन मात्र कुर्नु पर्छ, ६ बाट ४ मा आउछन त्यसपछी मात्र म किन्छु । उनी भन्छन’ धन्यवाद छ नेपालका बैंकहरुलाई, लोन त बन्दै गर्नु पर्छ, नभए हामी जस्ता गरीब ४ आना जग्गा सपना मात्र हुने रहेछ ।

राष्ट्र बैंकले घरजग्गा क्षेत्रको लगानीमा कडाइ गरेपछि घरजग्गा क्षेत्रमा कारोवार ठप्प छ । कारोबारको कमीसँगै मूल्य पनि कम हुन थालेको व्यवसायी बताउँछन् । आनाको १० लाख भनेको जग्गा ७ दिन मात्र भयो ६ लाख आनामा लिनु भन्दा पनि मान्छेले लिन छोडि सकेका छ ।

ठुला ब्यबसायी चुर्लुमै डुब्ने अवस्थामा पुग्छन्, भने ४ आना ८ आना मात्र लिने साना लगानी कर्तालाई भने फाईदा हुने छ सस्तोमा खरिद गर्न पायो ।’ पछिल्लो समयमा कारोबार नै भएको छैन् भन्दा फरक नपर्ने जग्गा तथा आवास विकास संघका महासचिव मीनमान श्रेष्ठको भनाई छ । उनी भन्छन्, ‘माग भए पनि कारोबार हुन सकेको छैन ।’ राष्ट्र बैंकले तोकेको सिलिङका कारण कारोबारमा शिथिलता आएको उनले बताए ।

राष्ट्र बैंकले जग्गा कारोवारको लागि कर्जा प्रर्वाह गर्न सिलिङ तोकेको छ । सिलिङका कारण व्यवसाय ठप्प भएपछि केही समयअघि व्यवसायीले राष्ट्र बैंक र सरकारका अधिकारीसँग छलफल गरेका थिए । छलफलमा खासै निष्कर्ष ननिक्लेपनि व्यवसायीले सरकारी अधिकारीहरुले कुनै राम्रो डिसिजन लिनेमा ढुक्क छन् ।

बैंकिङ क्षेत्रमा तरलता अभाव देखिएसँगै अहिले ठूल्ठुला अपार्टमेन्ट समेत नगदमा खरिद भईरहेका छन् । पछिल्ला प्रोजेक्टहरूमा ७५ प्रतिशतको हाराहारीमा नगद खरिद भएको श्रेष्ठको भनाई छ । तर बैंकहरूले भने राष्ट्रबैंकको निर्देशन अनुसार घरजग्गामा लगानी ठप्पै पारेका छन् ।

यो अबधी कम्तिमा २/३ बर्ष नै चल्न सक्ने देखिएको उनको भनाई छ । अहिले अवस्थामा सर्बसाधारण जनतालाई जग्गामा लगानी गरिहाल्नुस् भन्ने अवस्था पनि छैन । पछिल्लो समयमा जग्गाको मूल्यमा पनि असर परेको उनले बताए ।

अहिले जग्गाको मूल्य २ गुना घट्न थालिसकेको छ । पहिले रियलस्टेटको कर्जामा सिमा तोक्दा मन्दि आयो । पछि मन्दिको असर सकिनै लाग्दा भूकम्प आयो र त्यसले पनि हाउजिङ र अपार्टमेन्टबारे नकारात्मक असर ग¥यो ।

पछि पुननिर्माण गरेर बेच्ने बेलामा कर्जामा कटौती गरियो र ब्याज वृद्धि भयो, यतिबेला घरजग्गा व्यवसाय चरम संकटमा छ’, महासचिव मिनमान श्रेष्ठले भने ।

नेपाल उद्योग बाणिज्य महासंघको शहरी विकास समितिका सभापति तथा घर जग्गा व्यवसायी ओमराज भण्डारीले पनि तरलताका नाममा घर जग्गाको ऋणमा कटौती गरिएसँगै व्यवसाय संकट उन्मुख रहेको बताए ।

‘शहरी क्षेत्रमा एक करोड भन्दा कम मूल्यका घर पाइँदैनन्, एक करोडमा घर किन्न आउने मान्छे कसैसँग पनि नगद हुन्न । सबैले बैंकबाट ऋण लिने हो ।

बैंकले ऋण नियन्त्रण र व्याज वृद्धि गरेपछि घर बिक्रि घट्छ’, भण्डारीले भने । उनले भूकम्पका कारण थला परेको घर जग्गा व्यवसाय तंग्रिनै लागेका बेला राष्ट्र बैंकको कदमले फेरी धारासायी अवस्थामा पुगेको आरोप लगाए ।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: