Todays Nepal
No1 Nepal's Complete News Sites

निधन हुनुभन्दा पहिला संजयका पिता सुनीलले परेशलाई लेखेका थिए यस्तो चिठ्ठी

9,789

फिल्म निर्माता राजकुमार हिरानीको फिल्म ‘संजू’ बक्स अफिसमा निकै रुचाइएको छ। संजय दत्तको जीवनको ३७ वर्षको कहानी देखाइएको यो फिल्ममा रणवीर कपुर मुख्य भूमिकामा छन्। फिल्ममार्फत संजू बाबा र उनका बुवा सुनील दत्तबीचको सम्बन्धलाई राम्रोसँग देखाइएको छ।

फिल्ममा सुनील दत्तको भूमिका परेस रावलले निभाएका छन्। सुनील दत्तको भूमिकामा परेस रावललको अभिनयनलाई निकै मन पराइएको छ। उनको यो अभियनको पछि एउटा गहिरो सम्बन्ध छ। थोरैलाई मात्र या परेश रावल र सुनील दत्तबीचको सम्बन्धका विषयमा जानकारी होला।

केही समय पहिला परेश रावलले इण्डियन एक्सप्रेससँगको कुराकानीका क्रममा यो विषयमा बताएका थिए। परेश रावलका अनुसार सुनीलले निधन हुनु भन्दा केही अगाडि परेशलाई एउटा चिठ्ठी लेखेका थिए। परेशले यो चिठ्ठी आफ्नो ट्विटरमा पनि शेयर गरेका थिए। चिठ्ठी शेयर गर्दै परेशले लेखेका थिए, ‘यो चठ्ठी मलाइ मेरो जन्म दिनभन्दा पाँच दिन पहिला प्राप्त भएको थियो। त्यही दिन सुनील दत्तको निधन भयो। १२ वर्षपछि जनवरी २०१७ मा मलाइ उनकै रोल अफर भयो।

सो चिठ्ठीका विषयमा परेश रावलले भनेका छन्, ‘२५ मे २००५ मा म एउटा फिल्मको शुटिङमा थिएँ। मैले घर आउन ढिला हुन्छ भनेर घरमा फोन गरेको थिएँ। शुटिङका क्रममा हामीले सुनील दत्तको निधन भएको थाहा पायौं। यो कुरा मैले मेरी श्रीमतीलाई बताएँ। तब श्रीमतीले मलाइ फोनमा मेरालागि सुनील दत्तको पत्र आएको बताइन्। चिठ्ठी किन पठाएको रहेछ भनेर सोधेँ, उनले जन्म दिनको शुभकामना दिन पठाएकोे रहेछ भनिन्। जन्म दिन त अझै पाँच दिन पछि (३० मे) मा हो। उनले उक्त पत्र पढेर सुनाइन्। छक्क परेँ।’

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: