Todays Nepal
No1 Nepal's Complete News Sites

बेल्जियमलाई हराउँदै फ्रान्स फाईनलमा, घर फर्कियो बेल्जियम

9,853

रुसमा जारी २१ औँ संस्करणको फिफा विश्वकप २०१८ को सेमिफाइनलकाे पहिलाे खेलमा फ्रान्सले बेल्जियमविरूद्ध १–० काे जित निकाल्दै फाइनलमा प्रवेश गरेकाे छ ।
खेलको ५१ अाैँ मिनेटमा सामुएल उम्टिटिले हेडर गाेल गर्दै फ्रान्सलाई सुरूवाति अग्रता दिलाएका हुन् । उक्त गाेल नै खेलकाे निर्णायक गाेल बन्याे । खेलकाे पहिलाे हाफ भने गाेलरहित बराबरीमा सकिएकाे थियाे । दुवै टाेलिले केही उत्कृष्ट माैका पाएपनि गाेलकिपरले गाेल भने हुन दिएनन् ।
एन्टोइन ग्रिजमनले दिएको कर्णर बललाई हेडरमार्फत बार्सिलोनाका डिफेन्डर स्यामुएल युमिटीले खेलको ५१ औँ मिनेटमा जाली चुमाएपछि फ्रान्सले १–० को अग्रता बनाएको हो ।

यसअघि फ्रान्सले सन् १९९८ मा ब्राजिललाई पराजित गर्दै पहिलाे पटक उपाधि चुमेकाे थियाे । अब फ्रान्सले इङ्ल्याण्ड र क्राेसियाबीचकाे विजेतासँग उपाधिकाे लागि प्रतिस्पर्धा गर्नेछ ।

क्वाटरफाइनलमा फ्रान्सले दक्षिण अमेरिकी देश उरुग्वेलाई २–० ले पाखा लगाउँदै सेमिफाइनल यात्रा तय गरेको हो । यस्तै बेल्जियमले विश्वकपको सबैभन्दा सफल टिम पाँच पटकको विजेता ब्राजिलको सपना चकनाचुर पारेकाे हो । क्वाटरफाइनलमा बेल्जियमले नेइमारको टिम ब्राजिललाई २–१ ले हराएको हो ।

दुई दक्षिण अमेरिकी देशलाई हराएका युरोपेली देशबिच सेमिफाइनलमा प्रतिस्पर्धा भएको हो । फ्रान्स एन्टोनी ग्रिजम्यान, केलियन एमबाप्पेसहितका स्टार युवा खेलाडीले भरिएको छ भने बेल्जियमको टिममा पनि स्टार खेलाडीको कमी छैन । बेल्जियमको टिममा रामेलु लुकाकु, केभिन डी ब्राउन, इडन हजार्डसहितका युवा स्टार खेलाडी छन् ।

फ्रान्सेली टिमका बलिया खेलाडी हुन्, ओलिभर जिरउड । तर उनले अहिलेसम्म यो विश्वकपमा गोल गर्न सकेका छैनन् । र पनि उनी बेल्जियमसँगको खेलमा मैदानमा हुनेछन् । गोल भन्दा पनि उनको उपस्थिति टिमका लागि महत्वपूर्ण हुने देखिएको छ ।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: