Todays Nepal
No1 Nepal's Complete News Sites

गरिब देशका सौखिन मन्त्रीहरुः दुइ कराेड भन्दा कम मुल्यका गाडी नै चड्दैनन् मन्त्रीहरु हेराै‌ कुन मन्त्री कति महंगो गाडी चढ्छन् ?

8,682

माग सुनुवाईमा सरकारले गम्भीरता नदेखाउँदा जुम्लामा आमरण अनशनरता डा. गोविन्द केसीको स्वास्थ्य स्थिती जटिल बन्दै गएको छ । शान्तिपुर्ण ढंगले अनशनमार्फत डा. केसीले चिकित्सा शिक्षा सुधारसम्बन्धी माग राखेको १० दिन भईसक्दा र उनको स्वास्थ्य गम्भीर बन्दै जाँदा पनि सुनुवाईमा सरकारको बेवास्ता गैरजम्मिेवारीपुर्ण छ, भन्दै आजको कान्तिपुर दैनिकमा ‘डा. केसीका कुरा सुन’ शिर्षकमा सम्पादकीय छापिएको छ ।

त्यस्तै, अर्थमन्त्री युवराज खतिवडाले पटकपटक वित्तीय अनुशासनको कुरा उठाएर पनि सरकारी कर्मचारी र व्यापारीको मिलेमतोमा चालु बजेटमाथि दोहन यस बर्या पनि रोकिएको छैन । चालु आर्थिक बर्षको अन्तिम महिना असारमा विलविजक मिलाएर अर्बो रुपैयाँ राजसव लुट्ने काम भईरहेको भन्दै आजको नागरिकदैनिकमा ‘बजेटमा ब्रह्मलुट’ शिर्षकमा सम्पादकीय छापिएको छ । विकसित मुलुकमा जस्तै उत्पादनका आधारमा ज्याला तोक्ने प्रणालीको नेपालमा पनि अब विकास गर्नेपर्छ । रोजगारदाता र श्रमिकबीचको सहमतिपछि नेपाली श्रमिकको न्युनतम पारिश्रमिक बृद्धि भएर १३ हजार ४ सय ५० रुपैयाँ पुग्ने भएको छ ।

श्रमिक प्रतिनिधि तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबीच भएको वार्तामा विद्यमान ९ हजार ७ सय रुपैयाँमा ३ हजार ७ सय ५० रुपैयाँ थप गरी न्युनतम पारिश्रमिक निर्धारण गर्ने सहमति जुटेको हो ।,आजको कारोवार दैनिकमा ‘पारिश्रमिकसँगै उत्पादकत्व बढाउ’ शिर्षकमा सम्पादकीय छापिएको छ । प्रधानमन्त्री ओली नेतृत्वको सरकारलाई ईतिासकै सर्वशक्तिमान् सरकारका रुपमा लिने गरिएको छ । दुई तिहाई बहुमतको समर्थन रहेको ओली सरकारमा संलग्न नेताहरुले समृद्ध नेपाल र सुखी नेपाली बनाउने दिशामा मुलुक अघि बढ्े आश्वासन चुनावताकादेखि नै दिएका थिए ।, आजकोनेपाल समाचारपत्रमा ‘सरकारप्रतिको जनविश्वासमा ह्रास’ शिर्षकमा सम्पादकीय छ ।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: