Todays Nepal
No1 Nepal's Complete News Sites

नाई नभन्नु ल ५ को कार्यक्रममा प्रियंकालाई पहिरनले दियो तनाब…

9,795

नेपालमा सबैभन्दा धेरै सिक्वेलको रेकर्ड राखेको फिल्म ‘नाईं नभन्नू ल’ को पाँचौं भागको अफिसियल ट्रेलर सार्वजनिक भएको छ । सोमवार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलर कलरफूल बनेको छ ।

बाल कलाकार अनुभव रेग्मी र नव-बाल कलाकार सेड्रिना शर्मासँगै अभिनेत्री स्वस्तिमा खड्का र नव-अभिनेता अभिषेक नेपालको प्रेमलाई ट्रेलरमा विशेष ‘फोकस’ गरिएको छ । निरुता सिंह, प्रियंका कार्की, केकी अधिकारी, दीलिप रायमाझी लगायतका कलाकारहरु पनि ट्रेलरमा अटेका छन् । ट्रेलरमा प्रयोग गरिएका संवादहरु घतलाग्दा छन् । लोकेशन र खिचाई पनि उत्कृष्ट छ । भिडियो सहित :-

फिल्मलाई विकास आचार्य र सामीप्यराज तिमल्सेना मिलेर लेखेका हुन् भने फिल्मको छायांकन पुरुषोत्तम प्रधानले गरेका हुन् । भदौ ८ गते रिलिज हुने फिल्ममा जयनन्द लामा, उत्तम केसी, बुद्धि तामाङलगायतका कलाकारको पनि अभिनय छ । बसन्त सापकोटाको संगीत रहेको फिल्मलाई अर्जुन जिसीले सम्पादन गरेका छन् ।

निर्देशक विकास आचार्यले सदा झैं ‘नाईं नभन्नू ल ५’ पनि फेमली ड्रामा फिल्म रहेको बताए । कार्यक्रममा सभागी हुन् नायिका प्रियंका कार्की पुगेका थिए । उनको पहिरनले सबैको ध्यान तान सफल भयो । प्रियंकाले आफनो पहिरनलाई हातले तानीराखेको भिडियोमा देख्न सक्नु हुन्छ ।

वान टाइम सिनेमाको ब्यानरमा बनेको फिल्मको निर्मातामा हरिबोल भण्डारी र गौरी जोशी छन् भने कार्यकारी निर्मातामा दिनेश पोखरेल, पुरुषोत्तम प्रधान र विष्णुमणी दाहाल रहेका छन् । फिल्मका गीतमा कविराज गहतराजले कोरियोग्राफी गरेका छन् ।

बाल कलाकार अनुभव रेग्मी, इमोसनल स्टोरी अनि मीठो संगीत ‘नाईँ नभन्नू ल’ शृंखलाका विशेषता रहँदै आएका छन् । पाँचौं शृंखलामा पनि ती तीन कुरा नछुटेको निर्देशक आचार्य बताउँछिन् ।

उनी भन्छन्, ‘यो शृंखला कथा वाचन र प्राविधिक हिसाबले पनि थप अब्बल बनेको छ । यो सिरिजमा फेमली ड्रामासँगै लभस्टोरीलाई उत्तिकै स्थान दिएका छौं ।’ फिल्मले यसपाली इलाम र झापालाई कथाको पृष्ठिभूमि बनाइएको छ ।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: