Todays Nepal
No1 Nepal's Complete News Sites

३८ क्वीन्टल सुन तस्करी प्रकरणका तिन आरोपी धरौटीमा रिहा को को छुटे (नामावली सहित)

8,832

३८ क्वीन्टल सुन तस्करी प्रकरणमा थप रहस्यमय बन्दै गएको छ । सुन तस्करीमा संग्लनको अभियोग लागेको थप तीन जनालाई जेल चलान गरेसँगै सुन तस्करी प्रकरण थप रहस्यमय बन्दै गएको हो । चुडामणि उप्रेती ‘गोरे’का सहयोगी फाल्दुङ फुल्टुङ भनिने लक्षुबहादुर गुरुङ, रामकुमार तिवारी र मदल सिलवाललाई पुर्पक्षका लागि जेल चलान गरिएको नेपाल प्रहरीले जानकारी दिएको छ ।

गोरे ३८ क्विन्टल सुन तस्करीका मुख्य अभियुक्तको रुपमा अनुसन्धानको घेरामा छन् । अन्य तीन जनालाई भने धरौटीमा छोडने आदेश दिइएको छ । उर्लाबारीका रेवत भन्ने रेवन्तकुमार आचार्य १ लाख २१ हजार ५ सय रुपैयाँ, दमक–९ का विनोद अधिकारी र दोलखा चरिकोटका मोतीराम श्रेष्ठ १ लाख रुपैयाँ धरौटी तिरेर छुटेको जिल्ला अदालत मोरङले जानकारी दिएको छ ।

जेल चलान भएकामाथी जिल्ला सरकारी वकिल कार्यालय, मोरङले मुद्धा दर्ता गरेको थियो । उनीहरु विरुद्ध पूरक अभियोग लगाएर अपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी, चोरी निकासीको अवैध कारोबार, अपरण तथा शरीर बन्धक, कर्तब्य ज्यान मुद्दा दर्ता भएको हो । जिल्ला अदालत मोरङका अनुसार गत बुधबार तीन जनाविरुद्ध मुद्धा दर्ता भएका हो ।

जिल्ला अदालत, मोरङका न्यायाधीश नारायणप्रसाद शर्माको आदेशले सोमबार ६ जना अभियुक्तमध्ये ३ जनालाई पुर्पक्षका लागि थुना राख्ने आदेश दिएको श्रेष्तेदार नवराज दुलालले जानकारी दिए । सुन तस्करी प्रकरणमा यसअघि ६३ जनाविरुद्ध मुद्दा दायर भएको थियो ।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: