Todays Nepal
No1 Nepal's Complete News Sites

यी कलाकारहरुलाई लाग्यो नेपाली नभएको आरोप

9,081

नेपाली फिल्मी क्षेत्रमा पछिल्लो समय नव कलाकारहरुको प्रबेश निकै बढ्दो छ । बिदेशबाट अभिनयका लागि नै आएका एनआरएन कलाकारहरु निकै छन् जसमा अधिकांश नायिकाहरु रहेका छन् । यतिबेला युवाहरुले नै धनेको फिल्म इण्डष्ट्रीमा केही यस्ता कलाकारहरु छन जसलाई नेपाली नभई बिदेशी भएको आरोप पनि लाग्यो । आउँनुस ती कलाकारहरुको बारेमा कुरा गरौँ जसलाई नेपाली नभई बिदेश भएको आरोपहरु लागे ।

सृष्टी श्रेष्ठ ः लण्डनमा बसेकी सृष्टी श्रेष्ठ जब मिस नेपाल भईन उनलाई एनआरएन भएको आरोप लाग्यो । तथापी सबैलाई थाहा भएकै कुरा हो की मिस नेपाल सहभागी हुनको लागि नेपाली नागरिकता चाहिन्छ । बिवाद आएपछि उनले आफु नेपाली नै भएको बताईन । सुरुमा नेपाली बनेल्न निकै कठिन भएकी उनी ‘गाजलु’ फिल्मबाट डेब्यु गरेकी सृष्टी यतिबेला आफनो करियरमा अगाडी बढिरहेकीछिन् । उनका दुई फिल्महरु रिलिजको तयारीमा रहेका छन् भने उनी यतिबेला सौगात मल्लसंगको प्रेमको कारण पनि चर्चामा रहेकीछिन् ।

नाजिर हुसेन ः नेपाली फिल्मी क्षेत्रमा कम समयमा निकै नाम कमाएका नायक हुन नाजिर हुसेन । थिएटर हुँदै अभिनयमा होमिएका उनी होस्टल रिर्टन्सबाट क्लिक भए । अब्बल अभिनय क्षमता भएका नाजिर प्राय फिल्ममा मधेशी क्याक्टरमा देखिदा र उनको नामको कारण पनि धेरैले उनलाई भारतीय भनी आलोचना गरे । तर उनी बिरगञ्ज बस्ने रैथाने नेपाली हुन । भारतीय भन्दै आलोचना भएपछि उनले विभिन्न अन्तरवार्ताहरुमा आफुलाई भारतीय भनेकोमा चित्त दुखाउँदै नेपाली भएको बताएका थिए ।

अदिती बुढाथोकी ः ‘कृ’ फिल्मबाट नेपाली पर्दामा भित्रिएकी अदिती बुढाथोकी प्राय भारतमा नै बस्छिन् । फेसन इन्डष्ट्रीमा आफनो करियर बनाएकी अदिती कृ मा आउँनु अघि नै भारतीय मिडियाहरुमा खुबै चर्चा भएको थियो । केही भारतीय म्युजिक भिडियोमा समेत अभिनय गरेकी उनलाई धेरै मिडियाले नेपाली सुन्दरी भन्दै समाचार छापे पनि कतिपय मिडियाले उनलाई भारतीय सुन्दरी भन्दै समाचार छापे ।

अधिकांश समय भारतमा बस्न र समाचार पनि त्यस्तै आएपछि उनलाई नेपाल भाषी भारतीय भएको आरोप लाग्यो तर उनले कृ को प्रमोसन समय यसबारेमा स्पष्टीकरण दिँदै आफु नेपाली भएको बताईन । विश्वास नलागे नागरिकतासमेत देखाउँने भन्दै उनले भारतीय केही मिडियाले भारतीय भनी उल्लेख गरेपनि आफु नेपाली नै भएको बताईन । बलिउड फिल्ममा समेत काम गर्ने सोच बनाई संघर्ष गरिरहेकी अदिती सिनामंगलकी स्थानिय बासिन्दा हुन् ।

निकिता चण्डक ः मिस नेपाल नहुनु भन्दा अगाडी निकिता चण्डकको सामान्य नागरिक नै थिईन । जब उनी मिस नेपाल घोषित भईन तब उनलाई पनि भारतीय भनी गाली गर्नेहरुको कमी थिएन । जब की मिस नेपाल हुन नेपाली नागरिकता चाहिन्छ सबैलाई थाहा छ । अध्ययनको लागि भारतमा बस्दै आएकी निकिताले पनि आफु नेपाली नै भएको भनी मिडियामा जवाफ दिनु परेको थियो । यतिबेला ‘रानी महल’ फिल्मबाट डेब्यु गर्न लागेकी निकिता झापा उर्लाबारीकी बासिन्दा हुन् ।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: