Todays Nepal
No1 Nepal's Complete News Sites

डान्सबारमा काम गर्ने पोखराकी पूजा गुरुङ कालो पुलमुनि अर्धनग्न अवस्थामा मृत फेला !

10,467

ललितपुर सानेपाको कालोपुलमुनि भेटिएको शवको सनाखत भएको छ। मृतक युवती पोखराकी पूजा गुरुङ भएको खुलेको छ।

गत असार १३ गते बिहान कालोमुलमुनि बागमती किनारमा अर्धनग्न अवस्थामा शव भेटिएको थियो। तर, मृतकको पहिचान नखुलेपछि प्रहरीले शवको फोटोसहित सूचना निकालेको थियो।

महानगरीय अपराध महाशाखाका डिएसपी रबिन कार्कीका अनुसार, गुरुङ न्युरोडको एक कपडा पसलमा काम गर्थिन्। शरीरमा चोटपटक भएकाले उनको हत्या नै भएको प्रहरीको आशंका छ। हत्या कसले किन गर्‍यो भन्ने खुल्न सकेको छैन।

केही शंकास्पद व्यक्तिहरुमाथि सोधपुछ थालेको प्रहरीले जनाएको छ।

पहिला काठमाडौंकै डान्सबारमा काम गर्ने उनी एक युवकसँग लिभिङ टुगेदारमा बस्दै आएकी थिइन्।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: