Todays Nepal
No1 Nepal's Complete News Sites

अन्तरवार्तामै प्रधानमन्त्री केपी शर्मा ओली रोएको भिडियो भाइरल

8,710

प्रधानमन्त्री केपी शर्मा ओली एक अन्तरवार्तामा आँखाभरी आँशु गराउँदै रोएको भिडियो सार्वजनिक भएको छ ।

प्रधानमन्त्री कार्यालयकै संयोजनमा सुरू भएको नेपाल टेलिभिजनमा प्रशारण हुने कार्यक्रम ‘जनतासँग प्रधानमन्त्री’ को पहिलो श्रृङ्खला छायाँकन गर्ने क्रममा प्रधानमन्त्री ओली रूँदै रूमालले आँशु पुसेका देखिन्छन् ।

प्रस्तोताले कति गार्हो गरेर बाँचेका छन् है यी नेपालीहरू ? भन्दै प्रधानमन्त्रीलाई प्रश्न गर्दा प्रधानमन्त्री रोएका दृश्यमा देखिन्छ ।

ग्रामीण भेगका जनताको दुःख झल्काउने भिडियो सामग्री प्रधानमन्त्रीलाई देखाइसकेपछि त्यसबारे प्रतिकृया लिन प्रस्तोताले प्रधानमन्त्रीलाई प्रश्न गर्दा प्रधानमन्त्रीका आँखा रसाएका हुन् ।

प्रधानमन्त्रीले आँखामा आँशु पर्दै एकछिन है भन्दै खल्तीबाट रूमाल निकालेको देखिन्छ ।

टेलिभिजनमा प्रशारण हुन बाँकी यो संवादको प्रोमो अर्थात मुख्य अंश आज सार्वजनिक भएको हो ।
भिडियो हेर्नुहोस:

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: