Todays Nepal
No1 Nepal's Complete News Sites

केपीको बायोपीक : केपी ओलीको जीवनीमा फिल्म बन्ने, फिल्मको नाम ‘रातो सूर्य’

8,694

एमाले अध्यक्ष केपी ओलीको जीवनीमा फिल्म बन्ने भएको छ । दीपेन्द्र दाहालले निर्देशन गर्ने उक्त फिल्मको नाम ‘रातो सूर्य’ हुने बताइएको छ ।

गत मंगलबार एक कार्यक्रम गर्दै ओलीको बाल्यकालदेखि पारिवारिक र राजनैतिक जीवनीसमेत समेटिने उल्लेख गरिएको छ । फिल्म घोषणा कार्यक्रममा केपी ओली केही ढिलो गरी उपस्थित भएका थिए ।

‘मैले त कुनै फिल्म घोषणामा नरिवल फुटाउन बोलाइएको होला भन्ने ठानेर सहकर्मी कमरेडलाई गईदिनुहोस् भनेको थिएँ’ कार्यक्रममा मध्यभागमा हतार गरी उपस्थित भएका ओलीले थपे, ‘पछि मेरैबारेमा बन्न लागेको थाहा पाएपछि आफैं आएँ ।’

उनी आउँदा ‘रातो सूर्य’ को मुहूर्त गरिसकिएको थियो । बायोपीक फिल्ममा केपी ओलीको बाल्यकालका लागि उपयुक्त बालकलाकार छनोट गर्न बाँकी नै रहे पनि वयस्क बेलाका ओलीको भूमिका भने अनुपम शर्माले गर्ने भएका छन् ।

वन्डर्स मुभिज एन्ड क्रिएटिभको प्रस्तुति रहने ‘रातो सूर्य’ मा ओलीको जीवनी समेट्न पाउनु आफ्ना लागि सौभाग्य हुने निर्देशक दाहालले बताए ।

त्यसो त एमाले नेता प्रदीप ज्ञवालीले जीवन्त नायकको जीवनीमा फिल्म बन्नु सुखद रहेको टिप्पणी गरेका थिए । फिल्ममा टीका पहारी, हरिहर शर्मा, विश्व बस्नेत, सुरवीर पण्डित, उत्तम केसी, केशव भट्टराई लगायत कलाकारले समेत अभिनय गर्ने भएका छन् ।

त्यसबाहेक कृपा बज्राचार्य, निरञ्जन पौडेल, अञ्जु निरौला, सरोज गुरागार्इं, निशा कार्की, नवीन लम्साल, विवेक रसाइली, सन्दिप श्रेष्ठ, पिटर प्रिन्स, जेम्स गिरी, न्यान्सी गेलाल, कृपा पोखरेल लगायत नवकलाकार पनि हुने फिल्मलाई वीरेन्द्रप्रसाद भट्टले खिच्नेछन् । सानुकुमार महर्जनको द्वन्द्व र गोविन्द प्रभातको नृत्य निर्देशन रहनेछ ।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: