Todays Nepal
No1 Nepal's Complete News Sites

३ वर्षको बच्चाको पेटभित्रबाट निस्केको चीजले अपरेशन गर्ने डाक्टरको उड्यो होस

11

३ वर्षको बच्चाको पेटमा ट्युमर भएको आशंकाले बच्चाको पेटको अपरेशन गरेका डाक्टरहरुलाई पेटभित्रबाट निस्केको चीज देख्दा विश्वासै लागेन । पेटभित्रबाट ट्युमर निस्किने सोचेका डाक्टरहरु त्यतिबेला चकित परे जब बच्चाको पेटभित्रबाट अर्को अविकसित बच्चाको भ्रुण निस्कियो ।

भारतको बनारस हिन्दु युनिभर्सिटीको शिक्षण अस्पतालमा अपरेशन गरिएको थियो । अपरेशन गर्ने डाक्टर एसपी शर्माका अनुसार यो निकै दुर्लभ घटना हो । बिहारको भभुआकी रंजुबालाका छोराको पेटबाट यस्तो भ्रुण निकालिएको हो । पटनामा सुरुमा उपचारका लागि जाँदा डाक्टरहरुले पेटमा ट्युमर भएको बताएका थिए । त्यसपछि उनीहरुले बच्चालाई लिएर बिएचयु आए । त्यहाँ ट्युमरकै आशंकामा अपरेशन गरिएको थियो । तर, अपरेशनमा अविकसित भ्रुण निस्किएको हो । भ्रुण ४५० ग्रामको थियो ।

Leave A Reply

Your email address will not be published.

%d bloggers like this: