Todays Nepal
No1 Nepal's Complete News Sites

जापानले १ सय ४२ वर्षपछि किन घटायो वयस्कको उमेर ?

8,738

जापानमा वयस्क हुनका लागि उमेर घटाइएको छ । सन् २०२२ देखि लागू हुने यो कानून अनुसार वयस्क हुनका लागि २० वर्षको उमेरलाई घटाएर १८ वर्ष तोकिएको छ ।

सन् १८७६ पछि पहिलो पटक जापानले वयस्कको उमेरमा परिवर्तन गरेको हो ।

युवालाई यो कानूनले कस्तो फाइदा पुर्याउँछ ?

जापानमा २० वर्षअघि विवाह गर्न चाहने किशोर किशोरीले अभिभावकको अनुमती लिनु पर्दथ्यो ।

१८ वर्षको युवक र १६ वर्षकी युवतीले विवाह गर्न सक्छन् । तर यसका लागि अभिभावकको सहमती आवश्यक थियो ।

कानूनी रुपमा आएको यस्तो परिवर्तन पछि १८ वर्ष पुगेका युवा युवतीले अब विवाहका लागि अभिभावकको अनुमती लिनु पर्दैन ।

यसका साथै उनीहरुले अब अभिभावकको सहमती बिना नै क्रेडिट कार्ड र ऋण पनि लिन सक्छन् । यदि उनीहरु पासपोर्ट लिन चाहन्छन् भने त्यसको म्याद १० वर्ष हुनेछ ।

यसका साथै अन्य २० कानूनमा पनि संशोधन गरिएको छ जसमा राष्ट्रियता र चार्टड अकाउन्टेन्टजस्ता व्यवसायको कानून पनि परिवर्तन गरिएको छ ।

युवा अहिले पनि यस्तो गर्न सक्दैनन्ः

जापानका १८ वर्षका युवा यो कानूनको संशोधनपछि पनि रक्सी पिउने, जुवा खेल्ने र बच्चा अपनाउनेजस्ता कामबाट बञ्चित हुनेछन् ।

यी सबै कामका लागि उनीहरुले २० वर्ष कुनुपर्नेछ ।

जापानमा कस्तो छ मानिसहरुको प्रतिक्रियाः

सरकारको यो कदम पछि जापानको सोसल मिडियामा मानिसहरु उत्साहित देखिएका छन् ।

ट्वीटरमा एक व्यक्तिले लेखे, ‘१८ वर्ष भएपछि म वयस्क हुन्छु । तर म रक्सी पिउन सक्दिनँ, जुवा खेल्न सक्दिनँ । त्यसकारण यसको कुनै अर्थ छैन ।’

आखिर यो परिवर्तन किन ?

जापानमा थुप्रै दशकदेखि वयस्क हुनका लागि कानूनी उमेरबारे बहस जारी छ ।

सन् २००९ मा जापानी कानूनी मन्त्रालयको लेजिस्लेटिभ काउन्सिलमा एक रिपोर्ट प्रस्तुत गर्दै वयस्कको उमेर १८ वर्ष हुनुपर्ने सुझाव दिएका थिए ।

सत्तारुढ दलको सदस्य अनुसार यसले जापानमा बुढो भइरहेको समाजको घट्दो जन्मदरलाई सुधार्ने मौका दिन्छ ।

सन् २०१५ मा जापानमा मतदान गर्नका लागि २० वर्ष उमेरबाट घटाएर १८ वर्ष बनाइएको थियो ।

के अब १८ वर्षका मानिस वयस्क हुन् ?

उक्त कानूनमा भएको संशोधन अनुसार यो कानूनलाई सन् २०११ देखि लागू गरिनेछ ।

यस्तोमा यतिबेला १८ वर्षको उमेर भएको युवायुवतीले कानूनी रुपमा २० वर्षसम्म प्रतिक्षा गर्नुपर्छ ।

यस्तो प्रकारले जापानमा यतिबेला जसको उमेर १४ वर्ष वा त्यो भन्दा कम छ, उनीहरुले यो संशोधनको फाइदा उठाउने पहिलो जापानी युवा बन्नेछन् ।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: