Todays Nepal
No1 Nepal's Complete News Sites

शाहरुखको ‘जीरो’ टिजर: सलमानको काखमा शाहरुख !

9,794

बलिउडका किङ खान शाहरुखको फिल्म ‘जीरो’को टिजर सार्वजनिक भएको छ । अभिनेता शाहरुखले आफ्नो फ्यानहरुलाई मुस्लिमहरुको महान पर्व ईदको शुभकामना दिदै टिजर रिलिज गरेका हुन् । किङ खानले ट्वीट गर्दै लेखेका छन्, ‘आनन्द एल रायको तर्फबाट ईदको मिठा निकै तेज छ । साथै मेरो र मेरो ‘जीरो’ टिमको तर्फबाट ईदको शुभकामना ।’

शाहरुख खानको भुमिकाको नाम बउआ सिंह रहेको छ । टिजरमा शाहरुखले अभिनेत्री कट्रिना कैफको तस्वीर छापिएको टि-शर्ट लगाएर इन्ट्रि गर्छन् । शाहरुखको इन्ट्रिपछि सलमान खानले पनि इन्ट्रि मार्छन् । यस टिजरमा सलमान खान र शाहरुख खान घाँटीमा रातो कलरको गम्छा बेरेर कम्मर मकाईरहेका दृश्यलाई देखाईएको छ ।

शाहरुखलाई फुच्चे लुक्समा देखाईएको छ । फिल्मलाई आनन्द एल रायले निर्देशन गरिरहेका छन् । यो फिल्म डिसेम्बर २१ तारिखबाट दर्शकमाझ रिलिजमा आउँदैछ ।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: