Todays Nepal
No1 Nepal's Complete News Sites

पोखरामा भेटिए ७० बर्षे रमाईला बाजे, भन्छन् भगवानले १६ सय युवती भुलाउन हुने हामीले दुई तीन जना पनि नपाउने

8,765

बुढौली उमेर केही हासो ठट्टा अनि पहिलेको आफ्नो रमाइला दिनहरु सम्झीएर बिताउने बेला । बिस्तारै शरीरमा भएको तागत सक्किन थालेपछि काम गर्ने शक्ति हुँदैन र यस्तै बसीबियालोमा रम्न मन लाग्छ । हामी प्रायः यी बुढापाकाहरु दुःखका कुरा मात्र गर्छन भन्दछौं । तर, हामीले पोखरामा एक जना रमाइला बृद्धलाई भेटेर करिब १८ वर्ष देखि पोखराको मणिपाल हस्पिटलको परिषरमा फुल रोपेर र गोडमेल गर्दै आएका ७० वर्ष तारकांगका बाजे आफ्नो बैश बेला देखिका कुराहरुमा खुलेर कुरा गरे अझ रोचक त के भने यौन जीवनको भोगाईको बारेमा पनि उनी खुलेर कुरा गरे ।

बाजे पहिले पहिले त दुई तीन जना बिहे गर्थे बुढाहरु पनि अलि मातिएकै हुन् है भन्ने रमाइलो प्रश्नमा उनले भने ‘सबै चिज भगवानले दिनु भएको हो र सिकाउनु भएको हो’ हौसिदै भन्दै थिए ‘भगवानले १६ सय खेलाएर हिड्न हुने हामीले दुई तीन जना केहि हुँदैन तर मन मिल्नु पर्छ अरुलाई दुःख दिएर त्यो लिएर केहि हुँदैन ।

उनलाई अहिले सरकारले दिएको बृद्ध भत्ता पनि मन परेको रहेन छ उनी भन्छन् सबै पैसा बृद्ध भत्तामा खर्च गरेर अनि कुन पैसाले देश बिकास गर्ने यो धेरै भयो मैले बृद्ध भत्ता लिन्न र लिई हाले भने पनि दिनदुःखीलाई जस्ताको त्यस्तै दिन्छु खान नपाउने, बास नहुने, औषधि खान नपाउनेलाई दिने हो भत्ता सबैलाई दिनु पर्दैन । उनी मणिपाल बन्द रहेको बिषयमा पनि कडाकीएर भने ‘एउटा सुत्केरीलाई ब्यथाले चाप्यो भने यहाँ त बन्द छ भन्नु भनेको कहाँ सम्मको लाजमर्दो कुरा हो ?’

Leave A Reply

Your email address will not be published.

%d bloggers like this: