Todays Nepal
No1 Nepal's Complete News Sites

यो देश सतिको सरापले हैन, ‘केही अल्च्छिनाको तापले यो देशलाई फलिफाप नभएको हो’

9,705

नेपाली संचार माध्यममा ‘आवाजको दुनियाँको साथी’ दिनेश डिसी प्रसिद्ध छन्। संचारमध्यम र कला क्षेत्रमा लागेका उनलाई नचिन्ने दर्शकहरु कमै छन्। चलचित्र क्षेत्रमा व्यस्त भएपनि संचार माध्यमबाट हराएका उनी फेरी पनि रेडियो कान्तिपुरबाट संचार माध्यममा फर्किएका छन्।

दिनेश डिसी रेडियो कान्तिपुरमा स्टेसन म्यानेजरको रुपमा आएका छन्। उनले यो पद सम्हालेको सात महिना पुगेको छ। यो बीचमा आफूले कार्यक्रमहरुको व्यवस्थापन, समाचार शैली आदिमा परिवर्तन ल्याएको उनी बताउँछन्।

दिनेश डिसीका अनुसार, नयाँ पुस्ता र नयाँ प्रविधि अनुसार कार्यक्रम र शैली नयाँ आउनुपर्छ। त्यस्तै, रेडियो कार्यक्रम संचालकहरु या त आफूलाई अपडेट गर्दै फरकपन ल्याउन सक्नुपर्छ या संचालकहरु नै नयाँ आउनुपर्छ।

दिनेश डि।सी लोकप्रिय टेलिभिजन कार्यक्रम संचालक रवि लामिछानेलाई पुलिस वा वकिल नबन्न सल्लाह दिन्छन्।

उनी भन्छन्, ‘रवि लामिछानेले अपराधिलाई नङ्गाएका छन्, खोजमुलक पत्रकारिता गरेका छन्। त्यो राम्रो हो। तर कहिलेकाहीं उनी पुलसी वा वकिल बन्न खोज्छन्। त्यो काम पत्रकारिता भित्र पर्दैन’।

दिनेश डिसीको अभिव्यक्ति पछी पत्रकार रवी लामिछानेको प्रतिक्रिया

चर्चित पत्रकार रवि लामिछानेले निर्देशक तथा सञ्चारकर्मी दिनेश डिसीले दिएको सल्लाहको जवाफ फर्काएका छन्। एक अन्तर्वार्तामा डिसीले लामिछानेलाई पुलिस वा वकिल नबन्न सल्लाह दिएका थिए। उनले भनेका थिए -,’रवि लामिछानेले अपराधलाई नङ्गाएका छन्, खोजमूलक पत्रकारिता गरेका छन्। त्यो राम्रो हो। तर कहिलेकाहीं उनी पुलस वा वकिल बन्न खोज्छन्। त्यो काम पत्रकारिता भित्र पर्दैन’।

आफ्नो टेलीभिजन कार्यक्रमका बोल्दै लामिछानेले भने – ‘हामी प्रहरी, प्रशासन र अदालत कहिले पनि होइनौ न कहिले हुनेछौ। यो कार्यक्रम पत्रकारिताको उत्कृष्ट अभ्यास पनि होइन। यो कार्यक्रम प्रमाणसहित बिकृतिको पर्दाफास गर्न कार्यक्रम हो। ठगीको सम्पूर्ण प्रमाणको अडियो भिडियो देखाइसकेपछि त्यो व्यक्तिलाई ठग भन्न कसको अनुमति लिनु पर्छ’।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: