Todays Nepal
No1 Nepal's Complete News Sites

नोटमा यस्तो लेख्दै, विवाहको १४ महिना पछि ज्योतिले गरिन् सुसाइड, मृत आत्माले शान्ति पाओस…

10,001

भारतको सिकरस्थित भांकराटा जयपुर भन्ने स्थानमा विवाहको १४ महिनापछि एक महिलाले पङ्खामा झुण्डिएर आत्महत्या गरेकी छन्। उनले आत्महत्या गर्नुअघि आफ्नी आमालाई सुसाइड नोट व्हाट्सएप गरेकी थिइन्। १४ महिना पहिले खाटुश्यामका गुलशन कुमारसँग विवाह गरेकी २६ वर्षीय ज्योतीको केही समय त राम्रो तरिकाले बितेको थियो ।तर पछिभने पतिले उनीमाथि कुटपिट तथा यातना दिने गरेको बताइएको छ ।

यातना सहन नसकेर ज्यातीले आत्महत्या गरेको बताइएको छ । विवाह पछि माइती पक्षबाट उनका पतिले अहिलेम्म २० लाख रुपैयाँ लगिसकेका छन्। व्यापार गर्ने भन्दै विवाहको केही समयदेखि मृत्युअघि सम्म पनि माइतीसँग पैसा माग्न लगाउँदै उनका पतिले कुटपिट गर्दै आएका थिए ।उनले आत्महत्या गर्नु अघि महिलाले सुसाइट नोटमा पतिले आफूलाई भन्दा बढी पैसालाई माया गरेर र आफूलाई सधै कुटपिट सहित विभिन्न यातना दिने गरेको बताएकी थिइन्।

परिवारका कारण ती केटासँग विवाह गर्नु परेको बताउँदै विवाहपनि आफ्नो जीन्दगी खतम भएको समेत उल्लेख गरेकी छन्। उनले आफ्ना पतिले आफुलाई आत्महत्या गर्न बाध्य पारेको बताउँदै ती व्यक्तिलाई नछोड्न आफ्ना भाइलाई आग्रह गरेको बताइएको छ ।महिलाका माइती पक्षले उनका पतिसहित परिवारका ४ जना विरुद्ध हत्याको आरोप लगाएका छन् भने रिवारले आरोपीलाई पक्राउ गरेमात्र शव बुझने भन्दै अस्पतालबाट शव नउठाएको बताइएको छ ।

Leave A Reply

Your email address will not be published.

%d bloggers like this: