Todays Nepal
No1 Nepal's Complete News Sites

फेसबुक बन्द गर्ने बिषयमा सञ्चार मन्त्रालय बाट यस्तो आयो जानकारी ! किन यस्तो गर्न वाध्य भयो त सञ्चार मन्त्रालय ?

9,709

०७५ सालदेखि फेसबुक लगायतका सामाजिक सञ्जालहरु पूर्ण रुपमा बन्द गर्ने निर्णय भएको भन्दै फेसबुकमा उक्त विषय भाइरल भएको थियो ।

सञ्चार तथा सुचना प्रविधि मन्त्रालयले पछिल्ला दिन मन्त्रालयका नाममा फैलाइएका अफवाहको खण्डन गरेको छ । पछिल्ला दिन फेसबुक लगायत सामाजिक सञ्जालमा मन्त्रालयको लेटरप्याड र पूर्वमन्त्रीको नाममा प्रवाह गरिएका गलत सुचनाहरुको मन्त्रालयले खण्डन गरेको हो ।

मन्त्रालयका प्रवक्ता रामचन्द्र ढकालले आज एक विज्ञप्ति जारी कुनै पनि सामाजिक सञ्जाल बन्द गर्ने सरकारको योजना नरहेको स्पष्ट पारेका हुन् । विज्ञप्तिमा कुनै पनि सामाजिक सञ्जाल बन्द गर्ने, प्रतिबन्ध लगाउने गरी निर्णय नभएको र त्यस्तो गलत सूचना प्रवाह गर्ने व्यक्ति उपर कानूनी कार्वाही गर्न प्रहरीसमक्ष अनुरोध गरिसकिएको समेत जनाइएको छ । मन्त्रालयले त्यस्तो गलत हल्लाको पछि नलाग्न समेत सबैमा अनुरोध गरेको छ ।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: