Todays Nepal
No1 Nepal's Complete News Sites

एमालेमा प्रचण्ड विलय भएको भन्दै गोपाल किराँतीको नेतृत्वमा माओबादी केन्द्रको पुनर्गठन

8,690

जनयुद्ध र माओबादको धरातलमा टेकेर बनेको अनि बनाइएको नेपाल कम्युनिस्ट पार्टी माओबादी केन्द्रलाई पुष्पकमल दाहालले चटक्कै माया मारेर नेकपा एमालेमा बिलय हुन गएपछि उक्त पार्टीलाई नछाडेका नेता तथा कार्यकर्ताहरुको बैठकले पुन: नेपाल कम्युनिस्ट पार्टी माओबादी केन्द्रलाई पुनर्गठित गरेका छन् । जेष्ठ २९ गते राजधानीमा भएको महाधिबेशन आयोजक समितिको बैठकले नयाँ प्रतिबेदन प्रस्तुतगर्दै माओबादी केन्द्रलाई पुनर्गठित गरेर लाने निर्णय गरेको हो । उक्त बैठकले ५ सदस्यीय कार्यालय समेत गठन गरेको छ. जसअनुसार पुनर्गठित माओबादी केन्द्रको अध्यक्षमा गोपाल किराती, उपाध्द्यक्षद्वयमा भविश्वर पराजुली र तीलक थापा मगर, महासचिवमा कर्णजीत बुढाथोकी र सचिवमा राजन तिम्सिना रहेका छन् । महाधिवेशन आयोजक समितिमा ७०१ जना, पोलिटब्युरो सदस्यमा १७५ र ४३ जनाको केन्द्रीय सचिवालय रहने पनि निर्णय गरेको छ । आज राजधानीमा पुनर्गठित माओबादी केन्द्रद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष गोपाल किरातीले पुष्पकमल दाहाल प्रचण्डले पार्टी परित्याग गरेर गएकोले रुपान्तरणसहितको नेकपा माओबादी केन्द्रको निरन्तर, एतिहासिक एवम् बस्तुसंगत आवश्यकताको आधारमा बैठक बस्नु परेको र माओबादी केन्द्रलाई पुनर्गठित गर्नु परेको बताएका थिए ।

राष्ट्रियता, जनबाद र जनाजीविकाका बारेमा बोल्दै उनले भूमण्डलीकृत वित्तीय एकाधिकार पूँजीबाद र भारतीय विस्तारबाद विरुद्ध राष्ट्रिय प्रतिरोध क्रान्तिको तयारी गर्न आम जनसमुदायमा अभियान संचालन गर्ने र भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणका बेलामा नेपाली सुरक्षाकर्मीको अपमान गरेकोमा सरकारले सार्बजनिक रुपमा माफी माग्नुपर्ने कुरामा जोड दिए । चरम महंगीले नेपाली जनतालाई आक्रान्त पारेकोले जनतालाई राहत उपलब्ध गरौँ पनि उनले सरकारसंग मांग गरे ।

पत्रकार सम्मेलनमा अध्यक्ष किरातीले नेत्रबिक्रम चन्द बिप्लवलाई पनि वार्तामा आउन आग्रह गरेभने सरकारले पनि विप्लब नेकपा विरुद्धका सम्पूर्ण मुद्धाहरु खारेज गर्न माग गरे । जनयुद्ध र माओबादलाई छाडेर प्रचण्ड एमालेमा बिलय हुनु भनेको उनले जनयुद्धको मर्म र भावनालाई लत्याएको र उनी अब कम्युनिस्ट समेत नरहेको गोपाल किराती लगायतका नेता तथा कार्यताको बुझाइ रहेको थियो ।

Leave A Reply

Your email address will not be published.

%d bloggers like this: