Todays Nepal
No1 Nepal's Complete News Sites

पैसा र पत्नी महत्वकांक्षाले डुबेको सेकुवा व्यापारी, चिन्नेहरू भन्छन्– बाऊ लखेट्नेलाई समयले लखेट्यो

9,260

दिनानाथ भण्डारीले आकाशतिर उडेका चराजस्ता प्लेनलाई हेर्दै विमानस्थलको चौरमा एउटा व्यापार थालेका थिए– सेकुवा ! सबैले दिनानाथलाई ‘बाजे’ भन्थे । त्यसैले आफ्नो व्यापारको ब्रान्डिङ पनि त्यहि नामले गरेका कारण चल्तीको बन्यो ‘बाजेको सेकुवा’ ।

ठूलो हवाईजहाज हेर्न भनेर त्रिभुवन विमानस्थल गएका बेला दीनानाथले राम्रो खाना नास्ता खाने ठाउँ नपाएपछि आफ्नो सीप प्रयोग हुने र व्यापार पनि राम्रो हुन्छ भन्ने ध्येयले विमानस्थल छेउको चौरमा सेकुवा पोल्न सुरु गरेका थिए ।

कुनै भाडा नतिरी चौरमा सेकुवा पोलेर सामान्य कारोबार गरिरहेका भण्डारी दम्पती एक दिन नगरपालिकाका कर्मचारीबाट लखेटिएका पनि थिए । त्यतिन्जेलसम्म विमानस्थलका कर्मचारी र त्रिभुवन विमानस्थल भन्सारमा सामान लिन आउने व्यापारीको खाजा खाने ठाउँ बनिसकेको थियो, सेकुवा ।

बाबुको ब्यावसायमा हात हाल्ने होइन, कब्जा गर्ने रणनीतिले नै चेतनाथ भण्डारी अघि बढे । दिनानाथको ब्यापारमा छोराको कब्जा रणनीति भएपछि उनी दोस्रो बिहे गरेर राजधानीबाट पलायन भए । चेतनाथले आधुनिक ब्रान्ड बनाउन थालेको बाजेको सेकुवा कर्नरको व्यापार जति भयानक भयो, उनलाई पैसा कमाउने मोहले त्यति नै लगारिरहेको थियो । त्यसैले चेतनाथ अधिक पैसा कमाउने बाहनामा तस्करीको सुनका लगानीकर्ता समेत बन्न पुगे ।

साढे ३८ क्विन्टल तस्करीको सुन र सनम शाक्य हत्या प्रकरणमा गृह मन्त्रालयको विशेष छानबिन समितिले प्रतिवादी बनाएका चेतनाथ अहिले भगौडा अभियुक्त हुन् । उनीमात्र होइन, उनकी पत्नी निकिता भण्डारी पनि भगौडामा पर्छिन् । प्रहरीको सम्पर्कका नआएका कारण समितिले भण्डारीको व्यावसायमा ताला लगाएको छ । दिनानाथले आकाशतिर हेर्दै सुरु गरेको बाजेको सेकुवाका ६ वटा शाखामा शिलबन्दी गरिएको छ ।

पत्नी निकिताको सुन लगाउने इच्छा, पैसा थन्काउने महत्वकांक्षा र चेतन आफैंको पनि अर्बपति हुने रहरले उनीहरू तस्करीको सुनकाण्डमा संलग्न हुन थाले । ‘हरेक योजनाहरू यहि बन्ने गरेको र लगानी समेत रहने गरेको थाहा पाएपछि हामीले शिलबन्दी गरेका हौैं’, छानबिन समितिका एक सदस्यले भने,‘सुन तस्करी र सनम हत्याका हरेक अवशेषसम्म पुग्ने हाम्रो लक्ष्य थियो ।’

यसैबीच, बाजेको सेकुवाको ब्रान्ड स्थापित गर्ने बाबु दिनानाथलाई व्यावसायबाट अलग गराउने, सम्पत्ति हडप्ने काम चेतनाथले गरेको उनलाई चिन्नेहरूले बताउने गरेका छन् ।

काठमाडौंलगायतका ठाउँका व्यावसाय हत्याउँदै कम्पनीको अध्यक्ष आफैं बसेका चेतनाथले दिनानाथलाई दोस्रो बिहे गरेको भन्दै सम्पत्ति कब्जा गरेका थिए । जानकारहरूका अनुसार पत्नी निकिताको दबाबमा चेतनाथ बाबुप्रति क्रुरताका साथ प्रस्तुत हुने गरेका थिए ।

‘यत्रो सम्पत्तिको आकार बढाउने बाबुलाई दुख दिनेलाई समयले दुख दियो । उसलाई पनि लेखट्यो’, दिनानाथनजिकका एक पारिवारिक सदस्यले भने,‘राम्रो व्यापार हुँदाहुँदै किन तस्करीमा लाग्नु ?’

छानबिन समितिले बाजेको सेकुवा कर्नरका सञ्चालकलाई अभियोपत्र लगाउने पर्याप्त आधार भेटेको थियो । तस्करीमा लगानीमात्र नभएर अपराध महाशाखाका सई बालकृष्ण सञ्जेलसँग सनमको लास व्यवस्थापनका विषयमा सिनामंगलमा रहेको बाजेको सेकुवामा चुडामणी उप्रेती गोरेपत्नी नर्बदा खरेल निरुसँगको छलफल चेतनाथले नै गराइदिएका थिए । यसको मध्यस्ततामा पनि चेतनाथको भूमिका रहेको अनुसन्धानमा खुलेको थियो । साभार: दैनिक नेपालबाट

Leave A Reply

Your email address will not be published.

%d bloggers like this: