Todays Nepal
No1 Nepal's Complete News Sites

रसियामा विश्वकप, नेपालमा ‘शोअप’

8,748

२१ औं संस्करणमा विश्वकप फूटबल आजदेखि रसियामा सुरु हुनुपूर्व नै विश्वभर आफुले समर्थन गरेका विभिन्न देशका जर्सीको अर्बौंको व्यापार भइसकेको छ ।

विश्वकपको यो ज्वरोले नेपाललाई पनि छोएको छ । मन परेका टोलीको जर्सी किन्ने लगाउने र चर्चा गर्ने कम छैनन् । यतिमात्र होइन, मनोरञ्जन क्षेत्रका पत्रपत्रिकाले यसैलाई ग्ल्यामर पोजका रूपमा पनि व्यापारको आधार बनाएका छन् ।

शुक्रबार साप्ताहिकले ब्राजिलको जर्सीको ग्ल्यामर पोजमा मोडल शिवानी गिरीलाई प्रस्तुत गरेको छ । त्यस्तै सम्पूर्ण साप्ताहिकले सुजाता थापालाई क्लिभेज पोजमा अगाडी सारेको छ, जसले जर्मनीको जर्सीमा सुट गराएकी छन् । त्यस्तै मोडल सुष्मा अधिकारीले अर्जेन्टिनाको जर्सीमा फोटो सुट गराएकी छन् ।

यो ज्वरोले पत्रपत्रिका मात्र होइन, विभिन्न अनलाईन समाचार माध्यमलाई पनि छोएको छ ।

Leave A Reply

Your email address will not be published.

%d bloggers like this: