Todays Nepal
No1 Nepal's Complete News Sites

बागलुङमा दुर्घटनाः वडा सदस्य घिमिरेसहित दुईको मृत्यु, दुई घाइते !

8,688

बागलुङमा दुर्घटना हुदाँ दुईको घटनास्थलमै मृत्यु भएको छ । बिहीबार बागलुङको ताराखोला गाउँपालिकाको अर्गलमा भएको दुर्घटनामा दुईको घटनास्थलमै मृत्यु भएको हो ।

प्रहरीले जानकारी गराए अनुसार ताराखोला गाउँपालिका ३ का २४ वर्षीय हेमन्त घिमिरे र सोही ठाउँका ५४ वर्षीय हरिराम गिरीको मृत्यु भएको हो । बिहीबार दिउँसो घुस्मेलीदेखि अर्गल भातखाने डाडाँ जादै गरेको ग १ ज ६०३४ नम्बरको गाडी दुर्घटना भएको हो ।

यस दुर्घटनामा ज्यान गुमाएका २४ वर्षीय घिमिरे वडा सदस्य पनि हुन् । त्यस्तै दुर्घटनामा ताराखोला गाउँपालिका – ३ का २७ वर्षीय जीप चालक डम्बरबहादुर घिमिरे र सोही ठाउँका ४२ वर्षीय कर्ण भण्डारी घाईते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक विश्वराजसिहं थापाले जानकारी गराए अनुसार घाइते दुवैलाई उपचारका लागि गलकोट प्राथमिक स्वास्थ्य केन्द्र हरिचौर लगिएको छ ।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: