Todays Nepal
No1 Nepal's Complete News Sites

बुवालाई चकलेट र दिदीबहिनीहरुलाई हर्बल ल्याइदिने भन्दै मलेसिया उडे अशोक दर्जी !

9,697

धन बिनाको मन’ गीत गाएर भाइरल बनेका भाइरल व्वाई अशोक दर्जि सांगीतिक प्रस्तुतिका लागि मलेसिया उडेका छन् । यो उनको पहिलो विदेश यात्रा रहेको छ ।

विमानस्थलमा संचारकर्मीहरुले बाबालाइ के ल्याईदिने भन्ने प्रश्न गरेपछि बाबालाइ चकलेट र दिदीबहिनीहरुलाई हर्बल ल्याईदिने भन्दै रमाइलो उत्तर दिएका थिए !

मलेसियामा रहेका नेपालीहरुको निमन्त्रणा संगीतकार टंक बुढाथोकीसँगै उनी गएका हुन् । त्यहाँ जून १५ देखि १७ सम्मको कार्यक्रम रहेको संगीतकार बुढाथोकीले जानकारी दिए । मलेसियापछि दुवई जाने उनको भनाई छ । दुबईमा २२ तारिखमा कार्यक्रम रहेको छ ।

‘धेरै देशबाट प्रस्तावहरु आइरहेका छन्, अहिलेसम्म मलेसिया र दुबईको सेड्यूल फिक्स्ड भएको छ,’बुढाथोकीले भने ।

दर्जिले गाएको पहिलो गीत यतिबेला यूट्युवमा लोकप्रिय बनिरहेको छ । गीतले अहिलेसम्म ६७ लाख भ्यूज पाइसकेको छ भने २२ हजार प्रतिक्रिया आएका छन् । यही गीतका कारण अशोकको डिमान्ड देश तथा विदेशमा हुन थालेको हो ।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: