Todays Nepal
No1 Nepal's Complete News Sites

त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल टल्काउने खेम शर्मा अब बाताबरण मन्त्रालयको सल्लाहाकारमा नियुक्त

8,684

वन तथा वातावरण मन्त्रालयले सरसफाइ अभियन्ता, भरतपुर महानगरपालिका– १० का खेम शर्मालाई उक्त मन्त्रालय अन्तर्गतको सरसफाइ तथा फोहोर व्यवस्थापन क्षेत्रको अवैतनिक सल्लाहकार पदमा नियुक्त गरेको छ ।

वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले यही जेठ २७ गतेको मन्त्रीस्तरीय निर्णयबाट शर्मालाई सो पदमा एक वर्षका लागि नियुक्त गर्नुभएको हो । वन तथा वातावरण मन्त्रालयबाट हालै तयार गरी कार्यान्वयनमा ल्याइएको ‘नेपाल स्वच्छ’ वातावरण महाअभियान–२०७५ तर्जुमाको क्रममा पु¥याउनुभएको सहयोग स्वरुप उहाँलाई सो पदमा अवैतनिक हैसियतमा नियुक्त गरिएको हो ।

उहाँलाई उक्त अभियानलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न आवश्यक पर्ने प्राविधिक सल्लाह, समन्वय, स्रोत पहिचान र अभिलेखीकरणको कार्यमा सहयोग पु¥याउनुपर्ने कार्यक्षेत्र तोकिएको सो मन्त्रालयले जनाएको छ । नेपालका एक ख्यातीप्राप्त सरसफाइ अभियन्ता शर्माले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, पशुपतिनाथ क्षेत्र तथा पछिल्लो समयमा वीर अस्पतालको सफाइ स्वयंसेवी रुपमा गर्नुभएको छ ।

अष्ट्रेलियामा खेम्स क्लिनिङ कम्पनीको स्थापना गरी विगत एक दशकदेखि सफाइ क्षेत्रमा कार्यरत शर्माले हाल नेपालमा सरसफाइको क्षेत्रमा स्वयंसेवीरुपमा कामगरी सफाइका लागि सीप हस्तान्तरणको काम गर्दै आउनुभएको छ ।

Leave A Reply

Your email address will not be published.

%d bloggers like this: