Todays Nepal
No1 Nepal's Complete News Sites

कथाले माँगे जस्तोसुकै दृश्य पनि दिन्छु: उषा

8,693

म्युजिक भिडियोमा मोडलिङ गर्दागर्दै चलचित्रमा प्रवेश गरेकी उषा खनाल बोल्ड हिरोइन बनेर तहल्का मच्चाउने योजनामा छिन् । कथालाई न्याय गर्नका लागि कथाले मागेको जुनसुकै दृश्य दिन आफू तयार रहेको उनले बताइन् । ‘चलचित्रको कथालाई न्याय हुन्छ भने जस्तोसुकै दृश्य दिन पनि तयार छु,’ उषाले भनिन् ।

मिलनसार स्वभाव, स्पष्ट व्यवहार भएको युवतीका रूपमा दाबी गर्ने उषाले डेढ सय म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी छन् । निर्माणाधीन चलचित्र ‘बीर बहादुर’मा अनुबन्ध भएकी उषा पश्चिम दाङमा जन्मिएकी हुन् । स्कुले जीवनदेखि नै सडक नाटक र सांस्कृतिक कार्यक्रममा सहभागी उषाले चलचित्र ‘बीच बाटो’बाट करियर सुरु गरेकी थिइन् ।

उनले ‘झमेला’, ‘लाले’, ‘खतरनाक’, आदि चलचित्रमा आफ्नो अभिनय प्रस्तुत गरिसकेकी छन् । ‘बदलेकी आग’, ‘दि आर्टिस्ट’ नामक भोजपुरी चलचित्रमा पनि उनले काम गरेकी छन् । उनी दुबई, मलेसिया, युरोपका विभिन्न मुलुकमा हुने सांस्कृतिक कार्यक्रममा सहभागिता जनाउँदै आइरहेकी छन् ।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: