Todays Nepal
No1 Nepal's Complete News Sites

मलाई “पख्लास” भन्नूहुने पत्रकार महोदय, म अब धेरै कुर्न सक्दिन : रवी लामिछाने

8,791

न्युज २४ बाट प्रसारण हुने कार्यक्रम सिधा कुरा जनतासँगका कार्यक्रम प्रस्तोता रवी लामिछानेले एक स्टाटस लेख्दै आफूलाई ‘पख्लास’ भन्ने पत्रकारलाई धेरै नकुर्ने बताएका छन्।

रवीले प्रश्नको सामना गर्न नसक्नेहरुको दाउपेच बारे छिट्टै आफ्नो अनुभवको खुलासा गर्ने पनि बताएका छन्।

रवीले यसरी स्टाटस लेखेका छन् -‘प्रश्नको सामना गर्न नसक्नेहरुको दाउपेच बारे छिट्टै मेरा अनुभवकोपनि खुलासा गर्दैछु। कार्यक्रम बन्द मात्र होइन देशबाटै लखेट्ने सम्मको खेलमा सम्लग्नहरुको एक एक हिसाब राखेको छु। बर्गेनिङ गर्ने,मान्छेलाई आत्महत्या गर्न बाध्य पार्ने, अर्काको चरीत्र हत्या गर्ने, अकुत सम्पत्ति कमाएर आधा सन्सार घुम्ने, जिन्दगीभर अर्काको फ्री मा खाने मान्छे प्रेस काउन्सिलमा भए सम्म त्यसताले सिफारिस वा हस्ताक्षर गरेको प्रेस पास बोकेर सिंहदरबार छिर्नु छैन मलाई। मलाई “पख्लास” भन्नू हुने पत्रकार महोदय, म अब धेरै कुर्न सक्दिन।’

Leave A Reply

Your email address will not be published.

%d bloggers like this: