Todays Nepal
No1 Nepal's Complete News Sites

२०२६ को विश्वकप अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रुपमा आयोजना गर्ने

8,683

सन् २०२६ को फिफा विश्वकप फुटबलको आयोजना गर्ने मौका कस्ले पाउला भन्ने प्रश्न र जिज्ञासाको भने अव टुंगो लागेको छ । २०२६ को आयोजना गर्ने अधिकार अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रुपमा पाएका छन् ।

विश्वकप सुरु हुनु १ दिनअघि रुसमा सम्पन्न फिफाको ६८औं काँग्रेसले उत्तर अमेरिकी तीन देशलाई विश्वकप आयोजनाको अधिकार प्रदान गरेको हो । विश्वकप आयोजनाका लागि दावी गरेको मोरोक्को भने फिफा सदस्य राष्ट्रहरुबीच भएको मतदानमा पराजित भएको छ । २ सय १० फिफा सदस्य राष्ट्रमध्ये २ सय ३ मुलुक मतदानमा सहभागी थिए । तीन मत बदर भएपछि २ सय मतमध्ये मोरक्कोले ६५ मत पाउँदा अमेरिका, क्यानडा र मेक्सिकोले १ सय ३४ मत पाए । एक मत तटस्थ थियो ।

हालसम्म अमेरिकाले एक पटक र मेक्सिकोले दुई पटक विश्वकप आयोजना गरिसकेका छन् । २०२२ भन्दा निकै चर्चामा हुने २०२६ को विश्वकपमा पहिलो पटक ४८ राष्ट्रले सहभागिता जनाउनेछन् भने ८० वटा खेल हुनेछ ।

Leave A Reply

Your email address will not be published.

%d bloggers like this: