Todays Nepal
No1 Nepal's Complete News Sites

खरले छाएको दुईतले घरमा आगलागी, १५ लाखको क्षति

8,684

दमौली : तनहुँको म्याग्दे गाउँपालिका– ६ गाउँस्वारास्थित तोपबहादुर शाहीको घरमा आज विद्युत् चुहिएर आगलागी हुँदा रु १५ लाख बराबरको क्षति भएको छ ।

शाहीको ढुंगा माटोले बनेको खरले छाएको दुईतले घरमा आगलागी भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट घरमा रहेको लत्ताकपडा, भाँडाकुँडा, अन्नपात पूर्णरुपमा क्षति भएको हो । शाहीको परिवार छिमेकीको शरण लिन बाध्य भएको बताइएको छ ।

चट्याङ लागेर महिलाको मृत्यु

तनहुँको भिमाद नगरपालिका–२ गरगरेमा मंगलबार राति परेको चट्याङबाट अर्की एक महिलाको पनि मृत्यु भएको छ । पछिल्लो पटक मृत्यु हुनेमा ५५ वर्षीय कमला तिमल्सेना रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

तिमल्सेनाको घटनास्थलमै मृत्यु भएको हो । सोही दिन राति परेको चट्याङले लागेर भिमाद–२ अमबोटेकी चित्रकला नेपालीको पनि घटनास्थलमै मृत्यु भएको थियो । घरको गोठमा भैँसीको पाडो सार्ने क्रममा चट्याङ लागेर उनीसहित पाडोको पनि ज्यान गएको थियो ।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: