Todays Nepal
No1 Nepal's Complete News Sites

सामान्य रेष्टुरेन्टमा प्लास्टिकको स्टुलमा बसेर ओबामाले खाएको डिनरको मूल्य कति ?

8,808

साताव्यापी एसिया भ्रमणमा निस्केको अमेरिकी राष्ट्रपति बाराक ओबामाको अहिले एक तस्बिरको सामाजिक सञ्जालमा चर्चा छ। तस्बिरमा ओबामा भियतनामको होनाई सहरको एउटा सामान्य रेष्टुरेन्टमा प्लास्टिकको स्टुलमा एक हातमा बियरको बोतल लिएर बसेका छन् ।

अन्तर्राष्ट्रिय समाचारसस्थाले रेष्टुरेन्टका मालिकलाई नै जानकारी नदिइकन ओबामा त्यहाँ डिनरका लागि गएका थिए। ‘ओबामा हाम्रो रेष्टरेन्टमा आउनु आश्चार्यको कुरा हो, उहाँ यहाँ आउनु होला भन्ने हामीले सपनामा पनि सोचेका थिएनौं’ रेष्टरेन्टकी मालिक ५४ वर्षिया निग्युन थि लिएनले भनिन्। ओबामा आउनुपूर्व विदेशी टेलिभिजनको टोली रेष्टुरेन्टमा आउँदा उनलाई ओबामा आउने पत्तो नै थिएन।ओबामा रेष्टुरेन्टमा आएको पत्तो पाएपछि बाहिर उनलाई हेर्न चाहनेको भीड लागेको थियो। ओबामाले रेष्टुरेन्टमा खाएको खानाको मूल्य ६ अमेरिकी डलर भएको बताइएको छ।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: