Todays Nepal
No1 Nepal's Complete News Sites

प्रचण्डले भने: मोदीले बोलाउनुभएको छ, नयाँदिल्ली जाने तयारी गर्दैछु

8,708

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले आफू भारत भ्रमणमा जाने तयारी गरिरहेको बताएका छन्। छोरी रेणु दाहाल मेयर रहेको भरतपुर महानगर पालिकाको एकिकृत विकास गुरुयोजना सम्बन्धी एक दिने कार्यशाला गोष्ठीमा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै प्रचण्डले यो कुरा बताएका हुन्।

’भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आउँदा उहाँले तपाईं विकासको एजेण्डामा मात्रै कुरा गर्न मिलाएर आउनुस् भन्नुभएको छ।. म जाने तयारी गर्दैछु’ प्रचण्डले भने, ‘हाम्रो प्रधानमन्त्री चीन भ्रमणमा जाँदै हुनुहुन्छ। उहाँको भ्रमण सकिएपछि पार्टी अध्यक्षको हैसियतले तपाईंपनि तयारी गरिराख्नुस्, विकासको मुद्दामा मात्रै कुरा गर्न भनेर चिनिया कम्युनिष्ट पार्टीको पनि निम्ता आइ नै सकेको छ।’

प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका कारण नेपाल-भारत सम्बन्ध नयाँ उचाईमा पुगेको दावीपनि गरे। ‘हाम्रो प्रधानमन्त्री अस्ति भारत जानुभयो, भारतको प्रधानमन्त्रीजी नेपाल आउनुभयो’ प्रचण्डले भने, भारतीय प्रधानमन्त्रीले नेपालमा राजनीतिक स्थिरता कायम भएकोमा खुसी व्यक्त गर्दै नेपालको आर्थिक विकासमा हामी सहयोग गर्न तयार छौं भन्नुभएको छ।’

नेपाल-भारत सम्बन्ध नयाँ उचाईमा पुगेको प्रमाण बिराटनगरबाट भारतीय फिल्ड अफिस हट्नु भएको उनले बताए। ‘सबैभन्दा भन्दा ज्वलन्त उदाहरण विराटनगरको फिल्ड अफिस हट्नु हो’ प्रचण्डले भने, ‘अस्थायी रुपमा राखिएको अफिस पछि करिव करिव स्थायी जस्तो भयो। परराष्ट्र मन्त्रालयले लेखेर पठाउँदापनि नमान्ने बडो बिचित्रको स्थिति जस्तो भएको थियो। अहिले चाहिँ साँच्चै त्यो हट्यो।’-नेपाल खबर बाट

Leave A Reply

Your email address will not be published.

%d bloggers like this: