Todays Nepal
No1 Nepal's Complete News Sites

सलमान बाल्कोनीमा आएका बेला गोली हानी हत्या गर्ने योजना

8,836

बलिउड सुपरस्टार सलमान खानका संसारभर करोडौं फ्यान छन्।सलमानको एक झलकको पाउनको लागी उनका फ्यानहरु मरिहत्ते गर्छन्।

फ्यानसँगै सलमानका दुश्मनहरु पनि छन्।ति दुश्मनले सलमानको ज्यानै लिने योजना बनाएका रहेछन्।प्रहरीको सक्रियताको कारण सलमानलाई गोली हानी हत्या गर्ने योजना बनाएका डन सम्पत नेहरालाई प्रहरीले पक्राउ गरेको छ।

सलमानलाई हेर्न उनको घर बाहिर हजारौं मानिसहरुको भिड जम्मा हुने गर्छ।सलमान आफ्ना प्रसंशकहरुको लागी घरको बाल्कोनीमा निस्कने गर्छन्।सलमान बाल्कोनीमा निस्किएको बेलामा उनलाई गोली हानेर विदेश भाग्ने योजना डन सम्पतले बनाएका थिए।

सलमानको हत्या गर्ने योजना अनुरुप हरेक दिन उनको गतिविधीमाथी नेहराको निगरानी थियो।नहरले मुम्बई गएर सलमानको बडीगार्डको समेत जानकारी लिइसकेका थिए।

सम्पत नेहरा लरेन्स विश्नोई समुहका लागि काम गर्छन् जसले यसै वर्ष जनवरीमा सलमानलाई कालो हरिण प्रकरणमा ज्यान मार्ने धम्की दिएको थियो । लरेन्स विश्नोई एउटा खतरनाक गिरोह हो । यो सामाजिक सञ्जालमा पनि निकै सक्रिय छ ।

कालो हरिण शिकार केसमा जोधपुर इलाकाले सलमानलाई पाँच वर्षको जेल सजायँ सुनाएको छ र आजकाल उनी जमानतमा रिहा भएका छन् ।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: