Todays Nepal
No1 Nepal's Complete News Sites

नेपाली काँग्रेस समर्थित विद्यार्थी संगठन नेवि संघका कार्यकर्ता माथी एक राउण्ड गोली हवाइ फायर

7,647

मसाल लिएकी एक महिला माथि पुरुष प्रहरीले हस्तक्षप गरे पछि पोखरामा प्रहरी र विद्यार्थीबीच झडप भएको छ । पेट्रोलियम पद्धार्थमा भएको मूल्यवृद्धिको विरोधमा नेपाली काँग्रेस समर्थित विद्यार्थी संगठन नेवि संघले निकालेको मसाल जुलुसमा प्रहरीले हस्तक्षप गरे पछि पोखराका पृथ्वीनाराण क्याम्पस गेट अगाडी झडप भएको हो ।

राँके जुलुस निकाल्न नदिने आदेश भन्दै प्रहरीले राँका खोस्न थालेपछि झडप भएको हो । नेविसंघ विद्यार्थीहरुले मसाल बोकेर पिएन क्याम्पस गेट अगाडि सरकार विरुद्ध नारा लगाएका थिए ।

मूल्यवृद्धि फिर्ता गर्, ओली सरकार मुर्दाबाद नारा लगाएका थिए । प्रहरीले ६ राउण्ड अश्रुग्याँस प्रहार र एक राउण्ड गोली हवाइ फायर गरेको घटनास्थल रहेका पत्रकार विजय नेपालीले जानकारी दिए । झडपमा दुई जना प्रहरी र २ विद्यार्थी घाईते भएका छन् ।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: