Todays Nepal
No1 Nepal's Complete News Sites

यी युवकले हिडिरहेको सर्प समातेर यसरि खाए, ४४ लाख भन्दा बढीले हेरे यो भिडियो

9,740

सर्प एक घस्रने प्रजातीको मांसाहारी सरिसृप जीव हो। प्रकृतिको खाद्य श्रृंखलामा यो द्वितीय वा तृतीय उपभोक्ताका रूपमा रहेको हुन्छ।
वैज्ञानिक अध्ययन–अनुसन्धान अनुसार सर्पका सबै प्रजातिहरू मांसहारी हुन्छन्। कोही कीरा–फट्याङ्ग्रा खान्छन् भने कोही भ्यागुता, मुसा जस्ता साना जनावरहरूको शिकार गर्दछन्। अजिंगरले त स–साना बनेल, हरिणका पाठालगायत मान्छेकै केटाकेटी पनि निलिदिन्छ। त्यसैले सर्प, साँप, नाग भन्नासाथ हामी डर, भय, त्रास, कौतुहल, रहस्ययुक्त मनस्थितिमा पुग्दछौँ, भ्रम र भ्रान्तिबोधका शिकार बन्दछौँ।

विश्वमा हालसम्म पन्ध्र परिवारअन्तर्गत करीब २ हजार ९ सय प्रजातिका सर्प पाइएका छन्। त्यसमध्ये नेपालमा करिब ८० देखि ८९ प्रजातिका सर्प पाइन्छ भन्ने जीवशास्त्री हरूको अनुमान छ। संसारमा पाइने करिब २ हजार ९ सय प्रजातिका सर्पमध्ये केवल ७ सय ५० मात्र विषालु छन्। अझ त्यसमा पनि केवल २ सय ५० प्रजातिका सर्प मानिसका लागि खतरनाक मानिन्छन्।नेपालमा पाईने सर्प मध्ये २० प्रजाति मात्र विषालु हुन्छन्। अझ त्यसमा पनि कोब्रा, करेत र दुई प्रजातिका भाइपर गरी केवल चार प्रजातिका सर्प मात्र मानिसका लागि खतरनाक मानिन्छन्। त्यसैले सर्प देख्नासाथ त्रसित हुनु आवश्यक छैन तर सतर्क भने हुनैपर्छ।

विषालु सर्पको टाउकोमा विषग्रन्थि हुन्छ। जुन एक प्रकारको र्याल हो। विषालु सर्पका मुखमा दाह्राजस्तै दाँत हुन्छ। जब सर्पले कसैलाई डस्छ उक्त विष विशेष दाँत मार्फत रक्तसञ्चारमा पुग्छ। सर्पको विषको प्रकृति हेरी यसले रक्तसञ्चार प्रणाली वा स्नायु प्रणालीमा आघात पुर्याउँछ। जसको उपचार बेलैमा हुन न सकेमा टोकेको जीव मर्न सक्छ। सर्पको प्रजाती अनुसार बिषको प्रभाव पनि फरक फरक हुन्छ।

Leave A Reply

Your email address will not be published.

%d bloggers like this: