Todays Nepal
No1 Nepal's Complete News Sites

‘टपलेस’ भएर नाङ्गै नुहाउन पाउने कि नपाउने ? भनेर भयो मतदान: गरियो यस्तो निर्णय !

8,723

स्विमिङ पुलमा महिलाहरुले ‘टपलेस’ (कम्मरभन्दा माथि नांगै) भएर नुहाउन पाउने कि नपाउने भन्ने विवाद यति धेरै बढेको छ कि त्यसको निर्णय मतदानमार्फत् गर्नुपरेको छ । र, यो विवादमा टपलेस भएर नुहाउन पाउने पक्षको जित भएको छ ।

यो प्रसंग हो क्याटलोनियास्थित बार्सिलोनाको एक गाउँको । लामेतिया डिल व्यालियास गाउँमा टपलेस भएर नुहाउन पाउने कि नपाउने भन्ने विषयको निर्णय भोटिङमार्फत गरिएको हो ।

टपलेस भएर नुहाउन पाउनुपर्छ भन्नेहरुको पक्षमा ६१ प्रतिशत र विपक्षमा ३९ प्रतिशत नतिजा आएको बीबीसीले लेखेको छ ।

यो गाउँ बार्सिलोनाबाट करिब ३५ किलोमिटर उत्तरतर्फ पर्दछ । यो गाउँमा करिब आठ हजार जनसंख्या छ ।

महिलाहरुले दिए भोटिङको दबाव

स्थानीय क्याटलोन प्रशासनले यस मतदानको व्यवस्था गरेको थियो । यसको नतिजा कानुनीरुपमा १६ वर्षभन्दा बढी उमेरका महिलाहरुमा लागू हुने छ ।

हालै गर्मीको बेला जब दुई महिला कुनै स्विमिङ पुलमा टपलेस भएर नुहाइरहेका थिए, त्यहाँ रहेका लाइफ गार्डले प्रहरीमा खबर गरे । प्रहरी त्यहाँ पुगेर प्रहरीले तुरुन्त बिकिनी टप लगाउन भन्यो ।

यो घटनापछि टपलेस हुन पाउनुपर्ने पक्षमा रहेकाहरुले प्रहरी र प्रशासनविरुद्ध विरोध प्रदर्शन सुरु गरे । अर्कोतिर टपलेस हुनु हुँदैन भन्ने सन्देश दिन गाउँका पुरुष र महिलाहरुको समूह बिकिनी टप लगाएर स्विमिङ पुलमा पुगे ।

त्यहि बेलाबाट मानिसहरुले यसको छिनोफानो जनमत संग्रहबाट गर्नुपर्ने आवाज उठाएका थिए ।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: