Todays Nepal
No1 Nepal's Complete News Sites

दुई टाउको र दुई मुटु भएका विचित्र बच्चाको जन्म, भगवान सम्झेर पूजा गर्नेको भीड,यस्तो सम्म देखियो

8,923

संसारमा कहिलेकाहीँ विचित्र घटनाहरु हुन्छन् । केही बालकहरु निकै अप्राकृतिक स्वरुपमा जन्मिन्छन् । यस्ता घटनाहरु लाखौंमा एक हुने गरेका छन् । यस्तै विचित्र घटना भारतको मुम्बइमा बिहीबार भएको छ ।

यहाँको छत्रपति शिवाजी महाराज सर्वोपरी अस्पतालमा दुई टाउको र दुई मुटु भएका बालकको जन्म भएको छ । विचित्र बच्चाको जन्म भएको खबरपछि ती बालकलाई हेर्नको लागि ठूलो संख्यामा भीड जम्मा भयो ।

डाक्टरका अनुसार अहिले ती बालकलाई आइसीयुमा राखिएको छ जहाँ उनको स्वास्थ्य अवस्थालाई निरन्तर निगरानी गरिँदैछ । मिडिया रिपोर्टका अनुसार कोही यसलाई भगवानको रुप मानिरहेका छन् भने केहीले चमत्कार भनेका छन् । बालकलाई भगवान सम्झेर पूजा गर्नेहरु पनि ठूलो संख्यामा छन् ।

सुत्केही व्यथा लागेर अस्पताल भर्ना गरिएकी महिलाको परीक्षणका क्रममै डाक्टरहरुले दुई टाउको भएको बच्चाको जन्म हुने सम्भावना देखाएका थिए । बिहीबार अपरेशन गरेर बच्चाको जन्म हुँदा डाक्टर पनि चकित परे ।

बालकको धाँटी र टाउको दुई थिए तर शरीर एक थियो । डाक्टरका अनुसार यो अस्पतानमा यस्तो जन्म पहिलोपटक भएको हो । बालकका २ मुटु र दुई श्वासनली छन् । यसबाहेक अन्य अंग भने सामान्य बच्चाको जस्तै छन् । बच्चाको हालत निकै गम्भीर भएकोले आइसियुमा निरन्तर निगरानीमा राखिएको छ ।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: