Todays Nepal
No1 Nepal's Complete News Sites

विश्वकप फुटबलसँगै यौन प्यास मेटाउन पुग्दैछन् यी देशका करोडौँ यौनकर्मी

8,864

फुटबलको महाकुम्भ विश्वकप २०१८ बिहीबारदेखि सुरु हुँदैछ । विश्वकपको चर्चा भइरहँदा चर्चामा आउने अर्को कुरा हो यौन व्यापार । विश्वकप भइरहँदा पर्यटनसँगै यौन बजारपनि फस्टाएको हुन्छ । बन्देज आफ्नै ठाउँमा छ तर विश्वकपको अर्को महत्पूर्ण आकर्षण यौन पनि हो भन्दा फरक नपर्ला ।
विश्वकप हुने देशमा विश्वभरबाट यौनकर्मी पुग्ने गरेका छन् । यसको निरन्तरता रसियामा पनि देखिएको छ । किनकी रसियामा यौन कानूनतः खुल्ला जस्तै छ । विभिन्न प्रतिवेदनले रसिया विश्वकप २०१८ का लागि नाईजेरियाबाट मात्रै १ सय ७० मिलियन यौनकर्मी पुग्ने बताएको छ । रसियामा ५० डलर देखि ६ सय डलरसम्म तिरेर यौनकर्मी उपलब्ध हुने अनुसन्धानकर्ताको प्रतिवेदनमा छ । रसियामा १६ वर्ष माथि यौन कानुनी मानिन्छ, वेश्यावृती गैरकानुनी मानिँदैन । १९ औँ शताब्दीको अन्त्यबाट रसियामा वेश्यावृतिले कानुनत रूप प्राप्त गर्‍यो र यौनकर्मीको लागि “एल्लो टिकेट” परिचयपत्र प्रदान गरिएको थियो । प्रोफिलेक्टोरियमस्, मेडिकल ट्रिटमेन्टस आदि सन् १९२५ मा खुले, जसले अल्कोहलिक र यौन क्रियाकलापमा उपचार गर्ने उद्धेश्य राखेका थिए ।भेनेजुयलाका प्रशिक्षकले खेलाडीलाई बिथोल्न यौन व्यवसायी राखिने गरेको आरोप पनि लगाएका थिए । यसका अलावा नाइजेरियाका कोचले आफ्ना खेलाडीलाई विश्वकपभरी कुनै पनि युवतीसँग नजिकिनबाट रोक लगाउने बताएका थिए । तर, भर्खरैको अर्जेन्टिना खेलाडीको पार्टीलाई लिएर अनेक स्क्यान्डल निस्कने अनुमान विश्वका दर्शकले गरे पनि त्यस्तो सो टिम र प्रशिक्षकमा भने देखिएन । यो मुद्धाले माथिका कोचेको निरंकुशता भन्न सम्म भ्याएका छन् खेलाडीले ।

यतिमात्रै होइन गत संस्करणको विश्वकप विजेता जर्मनीले पनि आफ्ना खेलाडीलाई विश्वकपको दौरान यौन सम्पर्क गर्न प्रतिबन्ध लगाएको छ । तर, रसियाले खेलाडी बस्ने होटेलको कोठामा कण्डम राखिने बताएको छ । सन् २०१४ को विश्वकपमा ब्रजिलले १ मिलियन यौनकर्मीलाई आधिकारिक रूपमा विश्वकपभरी यौन व्यवसाय गर्न अनुमति दिएको थियो । विश्वकपमा कतिपय दर्शक यौनकै लागि आउने बताईन्छ ।रसियाले एक कदम अगाडी बढ्दै सेक्स रोबोट होटेल पनि सञ्चालन गरेको छ । मस्कोमा द डल्स होटेलमा यौनकर्मी रोबट राखिएको छ । यौनकर्मी रोबटको लागि ग्राहकले प्रतिघण्टा ८० अमेरिकी डलर तिर्नुपर्ने बताइएको छ । होटेलमा विभिन्न साइजका ५ वटा रोबट राखिएको समाचार एजेन्सीहरुले बताएका छन् । सन् २०१० मा अफ्रिकामा भएको विश्वकपमा ४० हजार यौनकर्मीलाई अनुमति दिइएको थियो । सो विश्वकपभरी ४ लाख भन्दा धेरै कण्डम बिक्री भएको बताईन्छ ।

यो वर्षको विश्वकपमा पनि लाखौँको संख्यामा यौनकर्मी रुस आउनेक्रम जारी रहेको बताइएको छ । विश्वकप हुने रसियाका ११ सहरमा कण्डम पसल र कण्डमका विज्ञापन प्रसस्तै खोलिएको छ । रसियाको आफ्नै उत्पादनले नपुग्ने अनुमान गर्दै अन्य देशबाट पनि कण्डम आयात गरिएको न्यूज एजेन्सीहरुले बताएका छन्। यसबाटपनि पुष्टि हुन्छ यौन पर्यटनमा पनि रसिया यसपटक गत्तिलो गन्तब्य बनेको छ ।मेट्रो डट यूके न्यूज पोर्टलको लागि एडम स्मिथले लेखेका छन्— विश्वकपमा फुटबलप्रेमीहरु यौनकर्मीहरुसँग रमाइलो गर्न खोजेका छन् तर वेश्यावृतिको व्लाकमेल नहोस भन्नेमा रसियन जासुसहरुको कडा निगरानी छ ।’

रोवोटसँग खेल्ने र आनन्द लिनेले सोहिमा रमाउने तर प्रत्यक्ष भोग्नेको लागि सम्पर्कस्थल पनि टाढा छैनन् । दाशत्व विरुद्धका अभियानकर्ताहरु यौन व्यापार कानूनतः नभएपनि विश्वकपभरी महिला ल्याइएका छन् उनीहरु जे चाहन्छन् त्यो विरुद्धमा छ । जुलिया सिलुआनोभा, रसियन अभियानकर्ताले भनिन् ‘यो बेचबिखनको समय हो, हामीले भर्खरै नाइजेरियाका ३० महिलाहरूलाई मस्कोबाट ल्याएका छौँ, उद्धार गरेर ।’ उनी भन्छिन्, यो विश्वकपमापनि यस्तै समस्या दोहोरिन सक्छ ।
रसियामा वेश्यावृतिमा कानूनतः मान्यता प्राप्त छैन । तर जरिवाना कम भएकै कारण महत्वपूर्ण समस्याको रूपमा देखिएको छ किनकि सयौँ वर्ष कानुन खुला थियो जतिवेला महत्त्वपूर्ण स्वास्थ्य स्याहार फाइदाका लागि आइडी कार्ड वितरण गरिएको थियो । जरिवानाको रूपमा १५ सयदेखि २ हजार रुबेल तिर्नुपर्ने प्रावधान छ ।

रसियन सरकारले दुइवर्ष अगाडि १ मिलियन सेक्स वर्कर रहेको बताएको थियो जसमा अधिक डाक्टरहरु रहेको बताइन्छ । त्यस्तै मौसमीपनि रहेको र यौन वस्तु तथा सेवाको रूपमा बेच्ने र किन्ने गर्छन् ।६०० मिलियन भन्दा बढी अमेरिकी डलर खर्च हुने अनुमान गरिएको विश्वकप फुटबलले रसियाको अर्थतन्त्रमा ३० अर्ब डलरको योगदान हुने अनुमान गरिएको छ । २०१८ को विश्वकप १० लाख विदेशी नागरिक र ७० हजार रसियनले प्रत्यक्ष रंगशालामै गएर हेर्न सकिने बताइएको छ । आर्थिक क्षेत्रको हब हुने रसियामा अन्य व्यापारसँगै यौन बजारको पनि राम्रै व्यवसाय हुने दृश्यहरु सार्वजनिक भइरहेका छन् ।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: