Todays Nepal
No1 Nepal's Complete News Sites

आफ्नी पत्नीलाई कहिलेकाहीं माधुरी भनेर बोलाउथे अनिल कपूर, स्वयमले गरे खुलासा

8,701

सलमान खानको आगामी फिल्म ‘रेस ३’ मा अभिनेता अनिल कपूर अहम भूमिकामा देखिनेछन्। हालै उनी सलमान खानको शो ‘दस का दम’ मा फिल्म ‘रेस ३’ को प्रचारप्रसारको गर्न पुगेका थिए। उनले त्यही आफ्नी पत्नीलाई कहिलेकाहीं माधुरी भनेर बोलाउने गरेको कुरा खुलासा गरेका हुन्।

अनिल कपूर, सलमान खानको गेम शो ‘दस का दम’ मा पुगेका थिए। अनिलसँग शोमा ‘रेस ३’ को सम्पूर्ण स्टारकास्ट पनि गएका थिए।
शोमा सलमान खानले एक सवाल गरेका थिए। उनले सोधेका थिए कि कति प्रतिशत भारतीय आफ्नो पार्टनरलाई कुनै अर्को नामले बोलाउने गर्छन ?
यस सवालको जवाफ दिँदै अनिल कपूरले खुलासा गरे कि उनी कहिलेकाहीँ आफ्नी पत्नी सुनीतालाई माधुरीको नामले बोलाउने गर्थे।

अनिलको यस जवाफ सुनेर त्यहाँ उपस्थित सबै जना खुब हाँसेका थिए।
र उनले आफ्नी पत्नीको पनि खुलेर तारिफ गरे। उनले आफ्नी पत्नीले उनको पेशा बुझेको कारण पत्नी सुनिता कहिल्यै पनि उनीसँग नरिसाएको पनि बताए। साथै उनले पत्नीले सधैँ साथ र सहयोग गर्दै आएको बताए।

माधुरी र अनिल ९० को दशकको हिट जोडी हुन्। दुवैले एक साथ थुप्रै सुपरहिट फिल्महरु दिएका छन्। दुवैले ‘तेजाब’, ‘बेटा’, ‘राम लखन’, ‘किशन कन्हैया’, ‘पुकार’, ‘हिफाजत’, ‘परिन्दा’, ‘खेल’, ‘जमाई राजा’, ‘राजकुमार’, ‘प्रतिकार’ सहित अन्य फिल्महरुमा सँगै काम गरेका छन्।
सलमान खानको मल्टिस्टारर फिल्म ‘रेस ३’ ईदको अवसरमा रिलिज हुनेछ। यस फिल्ममा सलमानको अलावा अनिल कपूर, बबी देओल, डेजी शाह, साकिब सलीम, ज्याकलिन फर्नान्डिज, फ्रेडी दारुवाला प्रमुख भूमिकामा छन्।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: