Todays Nepal
No1 Nepal's Complete News Sites

यी हुन् सबैभन्दा सानो उमेरमै बुबा बनेका बालक तर असफल बन्यो बिबाह

10,372

विश्वमा पत्याउनपनि मुस्किल परेका घटनाहरु भइरहेका छन् । यस्तै एउटा पत्याउनै मुस्किल तर यो सत्य घटना हो । जो सुकै पुरुष पनि १३ वर्षको उमेरमा पिता बन्न सम्भव छ रु । तर बेलायतमा चाहिँ कुनै समय एकजना किशोर १३ वर्षको उमेरमै बाबु बनेका छन् थिए । जब यो खबर आयो, तब सबै छक्क परेका थिए।

कतिपयले त यो खबर पत्याउनै सकेनन् । ती किशोरको नाम एल्फी हो । उनको बारेमा समाचार द सन पत्रिकाले छापेको थियो पहिलोपटक । उनको कहानी अतत्यारीलो छ । जब उनी १२ वर्षका थिए, एकजना १५ वर्षीया किशोरीसँग उनको प्रेम बस्यो । उनीहरुबीच छिटै नै यौनसम्पर्क भयो र ती प्रेमिका गर्भवती भइन् । यसरी ती किशोर १३ वर्षको छँदा उनकी प्रेमिकाले बच्चा जन्माइन् । आफ्नी प्रेमिकाले जन्माएकी आफ्नी छोरी काखमा राखेर बसिरहेको एल्फीको तस्वीर साँच्चीकै भाइरल बन्यो ।

जहाँ एल्फीको अनुहारमा हर्ष न विस्मात्को भाव देखिन्छ । तर एल्फी चाहिँ पिता बन्दा आफूलाई शानदार अनुभव भएको बताएका थिए । तर विडम्बना उनी बाबु बनेको एक वर्षमै उनकी प्रेमिकाले उनलाई धोका दिइन् र छोरी सँगै लिएर गइन् । पछि ती भूपू प्रेमिकाले अरु कसैसँग बिहे गरिन् । १३ वर्षको उमेरमा बाबु बन्न लागेको थाहा पाउँदा अर्थात् प्रेमिका गर्भवती भएको थाहा पाएसँगै एल्फी निकै जिम्मेवार बनेका थिए ।

प्रेमिकाले एबोर्सन गराउने कुरा गर्दा उनले इन्कार गरेका थिए र बच्चाको जिम्मेवारी आफूले लिने भन्दै प्रेमिकाको पूरा ख्याल गरेका थिए । उनलाई त्यति सानो उमेरमा बाबु बन्दा दुनियाँले के भन्दा भन्ने कुराको परवाह थिएन । त्यति माया गर्ने प्रेमिका छोरीसँगै पोइल गएपछि एल्फी गहिरो पीडामा परे । त्यसपछि उनले मादक पदार्थ तथा लागू औषध सेवन गर्न थाले । उनको आनीबानी यति बिग्यिको कारण उनी सानै उमेरमा जेल जानुपर्‍यो ।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: