Todays Nepal
No1 Nepal's Complete News Sites

प्रहरीको गोली लागेर घाइते भएका गुण्डा नाइके लामाको अवस्था के छ ?

9,712

शंखमूलस्थित यूएन पार्कमा गुन्डा अशोक लामामाथि प्रहरीले गोली प्रहार गरेको छ।

मोष्ट वान्टेड सूचीमा रहेका गुन्डा लामालाई पक्राउ गर्ने क्रममा प्रहरीले सोमबार यूएन पार्क नजिकै गोली प्रहार गरेको हो। प्रहरीको गोलीबाट खुट्टामा चोट लागेका उनको अहिले वीर अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीले लामाको साथबाट एउटा पेस्तोल र २ राउन्ड गोली समेत बरामद गरेको छ। गुन्डा नाईके लामा प्रहरीमा ज्यान मार्ने उद्योग र सार्वजनिक अपराध मुद्दामा प्रहरीको खोजीमा थिए।

उनीमाथि ललितपुरको सातदोबाटो लगायत क्षेत्रमा व्यवसायीहरूलाई धम्क्याएर अवैध रकम असुली गर्ने गरेको उजुरी आएपछि प्रहरीले निगरानी बढाएको थियो। लामा काभ्रेली समूहका दावा लामाको समेत सहयोगी भएको प्रहरीको दावी छ।

गुण्डा नाइके ‘दावा’का सहयोगी अस्पतालमा, श्रीमतीको रुवावासी

काठमाडौं– प्रहरीले ‘क’ बर्गको गुण्डाको सूचीमा राखेका गुण्डा नाईके दावा लामाको सहयोगी अशोक लामामाथि प्रहरीले काठमाडौंको युएन पार्कमा गोली प्रहार गरेको छ । दायाँ खुट्टामा गोली लागेर घाइते भएका लामालाई ट्रमा सेन्टरमा भर्ना गरिएको छ ।

महानगरीय अपराध महाशाखाबाट रेगुलर सर्च अप्रेशनमा खएिको प्रहरी टोलीमाथी आक्रमण प्रयास गरेपछि प्रहरीको जवाफी कारवाहीमा परेका लामाका आफन्त ट्रमा सेन्टरमा पुगेका छन् ।

महानगरीय अपराध महाशाखाका प्रमुख (एसएसपी) धिरज प्रताप सिंहका अनुसार लामाको साथबाट एकथान पेस्तोल र दुई राउण्ड गोली प्रहरीले बरामद गरेको छ ।

‘सट्टेबाजी’ मुद्दामा फरार दावा लामाका सहयोगीको रुपमा सातदोबाटोलाई आधार मानेर गुण्डागर्दी गर्दै आएकी श्रीमती अस्पतालमा पुगेर भक्कानिएकी छिन् ।

केही समयअगाडि न्युरोडको एक ब्यापारीलाई पैसा नदिएको भन्दै खुकुरी प्रहार गरेपछि प्रहरीले अशोकमाथि निगरानी बढाएको थियो ।

धाकधम्की दिएर उठाएको पैसा मिटर ब्याजमा लगाउने तथा जुवा खेलाउने धन्दा चलाउँदै आएका लामामाथि हातहतियार खरखजाना मुद्दामा अनुसन्धान गरिने अपराध महाशाखाले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: