Todays Nepal
No1 Nepal's Complete News Sites

आयुवको ‘मामु’ बन्दै लण्डन निवासी कुसुम, तीन गतेबाट फ्लोरमा जाँदै

8,696

आसुसेन फिल्मिसको व्यानरमा बन्दै गरेको चौथो फिल्म ‘मेरी मामु’ मा कुसुम गुरुङ मुख्य भुमिकामा आउने भएकी छन् । फिल्मकर्मी सन्तोष सेनको यसै ‘मेरी मामु’ फिल्मबाट लण्डन निवासी कुसुम गुरुङले डेब्यु गर्दै छन् ।

स्रोतका अनुसार थिएटर ब्याकगराउण्डकी कुसुमले राजधानीको १ थिएटरबाट अभिनयमा तीन महिने प्रशिक्षण लिइसकेकी छिन् । त्यस्तै उनले सुनिल पोखरेल निर्देशित ‘हरियो ढुंगा’ नामक नाटकमा अभिनयसमेत गरेकी छन् । अभिनयलाई आफ्नो प्याशन मान्ने कुसुम नेपाली फिल्म क्षेत्रमा केही गर्ने अठोट बोकेर लण्डनबाट नेपाल आएकी हुन् । परिवारसँगै लण्डनमा बस्दै आएकी कुसुमले लेखा तथा वित्तिय विषयमा स्नातक सकेकी छन् ।

बाल मनोविज्ञानमा बन्ने फिल्म ‘मेरी मामु’मा निर्माता सन्तोष सेनका ६ वर्षे छोरा आयुव सेन मुख्य भुमिकामा रहने समाचार यस अघि नै आईसकेको छ । फिल्मको लागि विगत केही महिना देखि कथा, पटकथा, संवाद र लोकेशनको लागि निर्माण टिमले अध्ययन अनुसन्धानलाई तिब्रता दिएको छ, भने अहिले काठमाडौंमा दैनिक कार्यशाला पनि चलिरहेको छ ।

यही अषाढ ३ गतेबाट छायाङकनमा जाँदै गरेको फिल्म ‘मेरी मामु’ को टिमको परिचय भने सोही दिन जानकारी गराईने निर्माण पक्षले बताएको छ ।

Leave A Reply

Your email address will not be published.

%d bloggers like this: