Todays Nepal
No1 Nepal's Complete News Sites

कृषिमन्त्रीको गाडी पानीजहाजकै शैलीमा छाल उछाल्दै

8,684

वर्षा लाग्यो, काठमाडौंका सडक ताल बन्न थाले । पैदलयात्री, साइकल तथा मोटरसाइकलचालकले सास्ती पाउँदै आएको काठमाडौंका सडकमा नीति–निर्माताका गाडी पनि गुड्छन् ।

तर, उनीहरूलाई फरक पर्दैन । तालको बीचको खाल्डोमा कैयौँपटक साइकल र मोटरसाइकल छिर्छन् । गत वर्ष पनि राजधानीकै सडकमा बाढीले बगाएर बालाजुमा युवाको ज्यान गयो । सामाखुसीमा एक किशोरीको उद्धार भयो ।

शनिबार अपराह्न परेको पानीले काठमाडौंको मुटु माइतीघरमा यस्तो डुबान पा-यो । कृषिमन्त्री चक्रपाणी खनालको गाडी पानीजहाजकै शैलीमा छाल उछाल्दै गयो । जिम्मेवार व्यक्तिहरूले सके सडक सुधार्नुपर्ने हो, नसके झन्डावाल गाडी छाडेर घरमै आराम गर्नुपर्ने हो । तर, सडकको पानी मोटरसाइकलचालक र पैदल यात्रीलाई छ्याप्दै समृद्धिको भाषण गर्न हुइँकिरहेका छन् यो देशका प्रधानमन्त्री र मन्त्रीहरू ।

Leave A Reply

Your email address will not be published.

%d bloggers like this: