Todays Nepal
No1 Nepal's Complete News Sites

मैले जनयुद्धको समयमा कुनै पनि मानिसको हत्या गरेको छैन : डा. बाबुराम भट्टराई

8,812

लोकतान्त्रिक सङ्घर्षपछि देशमा लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भयो । संविधान जारी पश्चात अब अहिले सम्म हामी आएको यो बाटोबाट धेरै आगाडी बढ्न नसकिने भन्दै डा. बाबुराम भट्टराईले पार्टी बाट राजीनामा दिएर हिडेका थिए ।त्यस लगतै अबको नेपाललाई आवश्क पार्टी भनेको विकासको एजेण्ड बोक्ने पार्टी नै अहिलेको अपरिहार्य पार्टी रहेको भन्दै उनले नयाँ शक्ति पार्टी निर्माण गरेका थिए।

उनको एजेन्डा भनेको छोटो अवधिमै गरिबी र बेरोजगारी अन्त्य गर्ने र तेस्रो स्तरमा भासिएको देशलाई मध्यम स्तर हुँदै उच्च स्तरमा पु¥याउने हो । विकास र समृद्धि कसरी हुन्छ भन्ने विषयमा गम्भीर बहस तथा छलफल हुनु आवश्यक छ । एक अन्तरर्वाताको क्रममा दस बर्षे जनयुद्धको समयमा आफुले कुनैपनि मानिसको हत्या नगरेको र कुनैपनि मानिसको हत्या भएको हेर्न समेत नसक्ने बताएका छन् । त्यसैले अबको युग भनेको हत्या र हिम्साको युग होइन विकास र समृद्धिको युग भएको बताएका छन् ।

विकास र समृद्धिका अवधारणाहरू फरक–फरक छन् । हाम्रो देशको सापेक्षतामा त्यसका लागि लागू हुने नीति र बाटो पनि फरक हुन्छन् । नियन्त्रित समाजवाद अर्थात साम्यवाद हो । यसले सबैथोक राज्यले नियन्त्रण गरेर राज्यकै योजनाअनुसार मात्र विकास हुन्छ र विकास गर्न सकिन्छ भन्ने अवधारणालाई आत्मसात गर्नु पर्ने बताएका छन् ।

1 Comment
  1. damodar sharma says

    आफुले कुनैपनि मानिसको हत्या नगरेको र कुनैपनि मानिसको हत्या भएको हेर्न समेत…. Bang, bang, bang! I hink he was ringing bells and blowing conches in some temples in India during the time.

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: