Todays Nepal
No1 Nepal's Complete News Sites

अन्तरघातका कारण निर्वाचनमा हार व्यहोर्नु परेको काँग्रेस सभापति देउवाको दावी

8,688

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी भित्रको अन्तरघातका कारण निर्वाचनमा हार व्यहोर्नु परेको दावी दोहो¥याउनु भएको छ । उहाँले पार्टीका कृयाशील सदस्यहरुले समेत अन्तर्घात गर्दा पार्टी तेस्रो हुन पुगेको बताउँदै अन्तर्घात गर्नेलाई कुनै पनि हालतमा माफ नगर्ने दृढता व्यक्त गर्नुभयो ।

नेपाली कांग्रेसकोे १३ औं राष्ट्रिय महाधिवेशन पछिको प्रथम जिल्ला सम्मेलनको शुक्रबार कैलालीको धनगढीमा उद्घाट्न गर्दै सभापति देउवाले पार्टी भित्रको यो रोग कृष्णप्रसाद भट्टराईलाई हराउने पालादेखि शुरु भएको बताउँनु भयो । उहाँले आफुले पार्टीलाई पुरानै रुपमा फर्काएर मात्र विश्राम लिने अडान पनि दोहो¥याउनु भयो ।

वर्तमान सरकार भारतप्रति लम्पसारवादी रहेको बताउँदै सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई अकर्मण्यताको बन्दी बनाएको आरोप समेत लगाउनुभयो । उहाँले नेपालमा नाकाबन्दी हुँदा पुरै नेपालका लागि खाद्य सामग्री सप्लाई गर्ने कैलालीको एउटै मात्रै नाका गौरीफन्टा नाकालाई वर्तमान सरकारले बन्द गर्न खाजेको आरोप लगाउनुभयो ।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: