Todays Nepal
No1 Nepal's Complete News Sites

पृथ्वीनारायण शाह र बिपी नेपाली इतिहासमा सम्झन लायक पात्र हुन् : बाबुराम भट्टराई

8,751

नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईले नेपाल टेलिभिजनको कार्यक्रम wide angle मा कुराकानी गर्दै भने-‘२०३६ सालमा राजा वीरेन्द्र भारत भ्रमणमा गएका बेलामा त्यतिबेला मैले भारतमा जवाहरलाल नेहरू युनिभर्सिटिमा पिएचडि शुरु गरेको थिएँ।त्यतिबेला हामीले राजा वीरेन्द्रलाई कालो झण्डा देखाउँदा गिरफ्तार गरिएको थियो।’

स्व.विपी कोइरालासँग पटक-पटक भेट भएको बताउँदै विपीको व्यक्तित्व हरेक किसिमबाट उत्कृष्ट रहेको भट्टराईले तारिफ गरे।

भट्टराई अगाडि भन्छन्- ‘यो भूखण्डमा सम्झन लायक पात्रमा पहिलो नम्बरमा सिदार्थ गौतम जो नेपाल भूमिमा जन्मेर आजभन्दा २५०० बर्षअघि विश्वलाई एउटा नयाँ सन्देश दिए उनी महानतम व्यक्ति थिए उनको स्मरण गर्नुपर्छ।दोस्रोमा पृथ्वीनारायण शाहले नेपालको भौगोलीक एकिकरण गर्न जुन योगदान गरे त्यो युगको निम्ति अगुवा व्यक्ति पृथ्वीनारायण शाह हुन।त्यसपछि आएर युगको परिवर्तनको लागी विपी कोइराला सम्झन लायक व्यक्तित्व हुन्।’

मानिस भएर जन्मिएपछि देश र समाजलाई केहि न केहि योगदान दिनैपर्छ भनेर आफू लागिपरेको र त्यसमा आफूले विरोध र तारिफको ख्याल नगर्ने बाबुरामको भनाई छ।बाबुराम भन्छन्-‘मृत्युपछि मात्रै मानिसको योगदानको तारिफ हुने भएकाले मानिसले पनि मेरो योगदान पछि सम्झिनेछन्।’

संविधान सभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनाउनु मेरो जीवनको सबैभन्दा ठूलो लक्ष्य थियो म त्यसमा खुशी छु।राज्यको शासकीय स्वरुप,प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली र पूर्ण समानुपातिक संसद नभईकन नेपालमा राजनीतिक स्थिरता र सबैको सहभागीता बन्दैन भन्ने मेरो बुझाई थियो,धेरै मिहिनेत गर्दा पनि संबिधान बनाउने बेलामा त्यो राख्न सकिएन र थारुको मुद्धा पनि सम्बोधन गर्न नसकिएको भट्टराईको गुनासो छ।

हेर्नुहोस् भट्टराईसँगको कुराकानी

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: