Todays Nepal
No1 Nepal's Complete News Sites

टिभी सिरियलकी चर्चित ‘किन्नर बुहारी’ विवाह बन्धनमा बाधिदै, यस्तो बन्यो विवाह कार्ड

9,752

टिभी सिरियलकी चर्चित अभिनेत्री रुबिना दिलैक विवाह बन्धनमा बाधिदै छिन्। शक्ति एक अहसास र छोटी बहू सीरियलबाट घर-घरमा चर्चित बनेकी रुबिनाले अभिनेता अभिनव शुक्लासँग २१ जुनमा विवाह गर्न लागेकी हुन्। रुबिनाको अनुसार उनिहरुको सम्बन्धको सुरुवात केहि महिना अघि मात्रै भएको थियो। उनीहरुले एक-अर्कालाई ‘छोटी बहू’ सिरियलमा काम गर्दा भेटेका थिए। त्यसपछि यी दुईले छोटो समयमा नै विवाह गर्ने योजना बनाएका हुन्।

बताईएअनुसार अभिनव भन्दा पहिले रुबिना टिभी एक्टर अविनाश सचदेवसँग करिब ४ वर्षसम्म प्रेम सम्बन्धमा रहेकी थिइन्। अविनाश र रुबिनाको भेट सिरियल ‘छोटी बहू’ को सेटमा भएको थियो। अहिले उनिहरुको ब्रेकअप भैसकेको छ। अविनाशपछि रुबिनाको जिन्दगीमा अभिनव आएका हुन्। दुवैको परिवारहरुको भेट पनि भैसकेको छ। अभिनव र रूबीनाले बताए कि उनीहरुको विवाह हिमाचली र पंजाबी रितिरिवाजबाट हुनेछ। रूबीना हिमाचल हुन भने अभिनव पंजाबी हुन् । यी दुईको विवाहको कार्ड पनि सार्वजनिक भएको छ। कार्ड निकै सुन्दर बनाइएको छ। यस कार्डमा अभिनव र रुबिनाको नामको पहिलो अक्षर (AR) लेखिएको छ। ।

रुबीना हिन्दी च्यानल कलर्समा प्रसारित हुने सीरियल ‘शक्ति अस्तित्व के एहसास की’ मा मुख्य भूमिकामा रहेकी छिन् । उनि यस सीरियलमा किन्नर बुहारीको भूमिका निभाउदै आइरहेकी छिन् । रुबीना आफ्नो यस भूमिकाको कारण दर्शकहरु माझ सधै चर्चामा नै रहने गर्दछिन् ।

Leave A Reply

Your email address will not be published.

%d bloggers like this: